यी हुन् फोरमले छानेका ६ समानुपातिक सांसद

काठमाडौं, २९ माघ । संघीय समाजवादी फोरम नेपालले आफ्नो भागमा परेका ६ जना प्रतिनिधिसभा तर्फका समानुपातिक सांसद चयन गरेको छ फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणु यादव, कलुदेवी विक, रेणुका गुरुङ र रुही नाज सांसद बन्ने भएका हुन् गत मंसिरमा भएको निर्वाचनमा समानुपातिक तर्फ फोरमले ६ सिट पाएको थियो । जसमध्ये उसले ५ जना महिला अनिवार्य पठाउनुपर्ने थियो संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १० सिट जितेको थियो भने प्रदेशतर्फ २ नम्बर प्रदेशमा सबैभन्दा ठूलो दल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?