कोरोना विश्व अपडेट: साढे ४१ लाखमा फैलियो संक्रमण, कति पुगे मृतक ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ४१ लख ४९ हजार ७ सय ७९ जना मानिसमा संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ८२ हजार ४ सय ३८ जनाको ज्यान गइसकेको तथ्यांकले देखाएको छ । भने १४ लाख ६३ हजार ८ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् र संक्रमित मध्ये ४७ हजार ४ सय २६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वको सबैभन्दा बढी कोरोना संक्रमित तथा मृतक रहेको देश संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ८० हजार ३ सय ३१ जनाको ज्यान गइसकेको छ । भने १३ लाख ५३ हजार ३ सय १२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण २ सय ९४ जनाको ज्यान गएको र ६ हजार बढीमा संक्रमण देखिएको छ ।

त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २६ हजार ६ सय २१ जना मानिसको ज्यान गइसकेको छ । भने २ लाख ६४ हजार ६ सय ६३ जना मानिसमा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । त्यस्तै स्पेनमा हालसम्म १ लाख ७६ हजार ४ सय ३९ जना मानिसहरु उपचारपछि निको भएर घर फर्किएका छन् । साथै १ हजार ६ सय ५० जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा हालसम्म २ लाख १९ हजार १ सय ८३ जना मानिसमा संक्रमण देखिएको छ । त्यस्तै यो समाचार तयार पार्दासम्म बेलायतमा कोरोनाको कारण ३१ हजार ८ सय ५५ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण २ सय ६८ जनाको ज्यान गइसकेको र ३ हजार ९ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ३० हजार ५ सय ६० जनाको ज्यान गएको छ । त्यस्तै हालसम्म त्यहाँ २ लाख १९ हजार ७० जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण इटालीमा १ सय ६५ जनाको ज्यान गएको र ८ सय बढी संक्रमित थपिएका छन् । साथै १० लाख ५ हजार १ सय ८६ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै रसियामा बितेको २४ घण्टामा कोरोनाको कारण ८८ जनाको ज्यान गएको र ११ हजार १२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाको कारण २ लाख ९ हजार ६ सय ८८ जना मानिसमा कोरोना संक्रमण देखिएको र १ हजार ९ सय १५ जनाको ज्यान गएको छ ।

पm्रान्समा भने बितेको २४ घण्टामा कोरोनाको असर देखिएको छैन् । हालसम्म त्यहाँ कोरोनाको कारण २६ हजार ३ सय १० जनाको ज्यान गइसकेको छ भने १ लाख ७६ हजार ६ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै जर्मनीमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ७ हजार ५ सय ४९ जनाको ज्यान गइसकेको छ । भने १ लाख ७१ हजार ७ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ३ सय ८० जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने कुनैपनि मानिसको कोरोनाको कारण ज्यान गएको छैन् ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय ३९ जनाको ज्यान गइसकेको छ । भने १ लाख ५६ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । साथै बितेको २४ घण्टामा मात्र त्यहाँ ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण २ हजार १ सय ५३ जनाको ज्यान गएकोक छ । बितेको २४ घण्टामा मात्र भारतमा २ हजार २ सय १३ जना कोरोना संक्रमित थपिएको र ५२ जनाको ज्यान गएको तथ्यांकले देखाएको छ । साथै १९ हजार ६ सय ६५ जना हालसम्म कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने १६ लाख ९ हजार ३७ वटा कोरोना परीक्षणहरु गरिएको छ ।

त्यस्तै बेल्जियममा हालसम्म कोरोनाको कारण हालसम्म ८ हजार ६ सय ५६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ४ सय ८५ जना कोरोना संक्रमित थपिँदा कुल ५३ हजार ८१ जनामा कोरोना संक्रमण फैलिएको छ । भने बितेको २४ घण्टामा मात्र त्यहाँ कोरोनाको कारण ७५ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?