भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।

आइतवार साँझ नेता सिंहलाई एक्कासि छाति दुखेपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

उनलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरी उपचार गरिएको छ ।

नेता सिंह सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?