काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) अझै नियन्त्रणमा आएको छैन । विश्वको सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म १३ लाख ५२ हजार ३ सय २० जनामा कोरोना संक्रमण देखिएको छ ।
भने ८ हजार ३ सय २३ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । वितेको २४ घण्टामामात्र ५ हजार ११ जना नया संक्रमित थपिए भने २ सय ८६ जनाको मृत्यु भएको वल्डोमिटरको तथ्याङ्कले देखाउछ । अमेरिकामा २ लाख ३ हजार ८ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १० लाख ३३ अजार १ सय ४९ जना अहिलेपनि उपचारत रहेका छन् । उपचाररतमध्ये १६ हजार ८ सय १६ जनाको अवस्था गम्भिर रहेको छ । अहिलेसम्म अमेरिकामा ८९ लाख ८२ हजार ६ सय ९३ जनामा कोरोना परिक्षण भएको छ ।

त्यस्तै विश्वभर ४१ लख ४६ हजार ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । भने २ लाख १ ह्जार ९ सय ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । साथै १४ लाख ६३ हजार १२ जना उपचारपछि निको भएका छन् । भने २४ लाख १ हजार २ सय २ जना अहिलेपनि उपचाररत रहेका छन् । जसमध्ये ४७ हजार ४ सय २६ जनाको अवस्था गम्भिर रहेको छ ।
त्यस्तै विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म ६५ हजार २१ जनामा संक्रमण देखिएको छ । भने २ हजार १ सय ५३ जनाको मृत्यु भएको छ ।
यसैगरी वल्डोमिटरको अनुसार संक्रमितमध्ये १९ हजार ६ सय ६५ जना उपचारपछि निको भएका छन् । भने ४३ हजार २ सय ३ जना उपचाररत रहेका छन् । वितेको २४ घण्टामा भारतमा २ हजार २ सय १३ जना नया संक्रमित देखि एभने ५२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया