काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को छिमेकी देश भारतमा यो समाचार तयार पार्दासम्म ६५ हजार २१ जनामा संक्रमण देखिएको छ । भने २ हजार १ सय ५३ जनाको मृत्यु भएको छ ।
यसैगरी वल्डोमिटरको अनुसार संक्रमितमध्ये १९ हजार ६ सय ६५ जना उपचारपछि निको भएका छन् । भने ४३ हजार २ सय ३ जना उपचाररत रहेका छन् । वितेको २४ घण्टामा भारतमा २ हजार २ सय १३ जना नया संक्रमित देखि एभने ५२ जनाको मृत्यु भएको छ ।
त्यस्तै विश्वभर ४१ लख ४६ हजार ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । भने २ लाख १ ह्जार ९ सय ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । साथै १४ लाख ६३ हजार १२ जना उपचारपछि निको भएका छन् । भने २४ लाख १ हजार २ सय २ जना अहिलेपनि उपचाररत रहेका छन् । जसमध्ये ४७ हजार ४ सय २६ जनाको अवस्था गम्भिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया