काठमाडौं – लकडाउन भइरहेकै बेला नेपालबाट जर्मनीका ६सय ५६ नागरिक आफ्नो घर फर्किएका छन् । कोभिड–१९ को जोखिम औँल्याउँदै यसबाट बच्न सावधानीस्वरुप सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा जर्मनीका ६सय ५६ नागरिक सहित झण्डै पाँच हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका हुन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका चार हजार ८७४ विदेशी नागरिक आ–आफ्नो मुलुक फर्किएकाअध्यागमन विभागले जनाएको छ ।
सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो ।
सो अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेको अध्यागमन विभागले जनाएको छ । सो अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएको थियो ।
नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर लगेको बताइएको छ । यस अवधिमा सबैभन्दा बढी संयुक्त अधिराज्यका ६ सय ६६ नागरिक स्वदेश फर्केको विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।
अमेरिकाका ५ सय ३५, फ्रान्सका ४ सय २५, क्यानडाका ३ सय २२, अष्ट्रेलियाका २ सय ३६, नेदरल्यान्डका १ सय ७६, दक्षिण कोरियाका १ सय ६३, जापानका १ सय ६२, स्पेनका १ सय ३४, स्विट्जरल्यान्डका १ सय १४, इटालीका १ सय १३, रसियाका १ सय ४, पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलंकाका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५–४५ तथा भुटानका ४४ नागरिक स्वदेश फर्केका छन् ।
यस्तै, डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२, ब्राजिलका ३१, हंगेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१-२१, चीन र भारतका २०-२०, सिंगापुरका १९, माल्दिभ्सका १२, दक्षिण अफ्रिकाका ११, मेक्सिको र रोमानियाका सात- सात, स्लोभाकियाका ६, बेलारुसका पाँच, अर्मेनिया, लिथुवानिया, युएनओ, लाटभिया र बुल्गेरियाका चाररचार नागरिक फर्किएका विभागले जनाएको छ । यस्तै लक्जेमबर्ग, मङ्गोलिया र आइसल्यान्ड तीनरतीन, अर्जेन्टिना, चिली, ग्रिस, इरान, माल्टा, स्लोभानिया, ताइवान, संयुक्त अरब इमिरेटस् र यमनका दुईरदुई तथा अन्य मुलुकका १८ नागरिक पनि लकडाउनको अवधिमा स्वदेश फिरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया