नेपालमा हालसम्म ३ सय ४० जना रेड जोनमा, मन्त्रालयले भन्यो – ट्रेसिङ गर्दैछौँ

काठमाडौं – नेपालमा हालसम्म ३ सय ४० जना रेड जोनमा छन् । अर्थात् ३ सय ४० जनालाई उनीहरुले भरेको विवरणको आधारमा संभावित संक्रमितको सूचीमा राखि सरकारले ट्रेसिङ गरी परीक्षणको दायरामा ल्याउँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेवपेजमा विवरण भर्नको लागि फाराम राखेकोमा हालसम्म ३४ हजार २ सय ५७ जनाले फाराम भरेकामा ३ सय ४० जना रेड जोनमा परेका हुन् । उनीहरुलाई संभावित बिरामी मान्दै मन्त्रालयले ट्रेसिङ गर्ने कार्य गरीरहेको हो ।

देशभरका विभिन्न प्रदेशबाट मानिसहरुले आफ्नो स्वास्थ्यमा देखिएको लक्षणहरु यसरी वेवसाईटमा भरेका थिए । मन्त्रालयका प्रवक्रा डाक्टर विकास देवकोटाका अनुसार गत २४ घण्टामा २०६ जनाले यस्तो विवरण भरेकोमा कुनैपनि व्यक्ति रेड जोनमा परेका छैनन् ।

उनका अनुसार आईसोलेसनमा बस्नेको संख्या १ सय ६४ छ । उनीहरुमध्ये ३ जना काठमाडौंमा र १ सय ६१ जना काठमाडौं बाहिर छन् । तिमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा ४५ जना, वाग्मती प्रदेशमा ३८ जना र प्रदेश ५ मा ५७ जना रहेका छन् । उनीहरु शंकास्पद बिरामी हुन् ।

त्यस्तै अहिले १३ हजार ६ सय २५ जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश नम्बर १ मा १२ सय ३८ जना, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३ जना, वाग्मती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा २४२ जना प्रदेश ५ मा ४ हजार ९ सय ४२ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ जना र सुदूरपिश्चम प्रदेशमा ३ हजार ३ सय २४ जना रहेका छन् ।

हालसम्म पिसीआर विधीमार्फत् १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको छ भने आरडिटी विधीमार्फत् ५६ हजार ६ सय ५७ जनामा कोरोना जाँच गरिएको छ ।

प्रदेश नम्बर १ मा ७ हजार ५५ जना प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० जना, वाग्मती प्रदेशमा ९ जार १ सय ८१ जना, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जना प्रदेश ५ मा ६ हजार ७७४ जना कर्णाली प्रदेशमा ६ हजार ३६३ जना र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जना गरी ५६ हजार ६ सय बढीको जाँच गरीएको हो ।

गत २४ घण्टामा १ हजार ३ सय १६ वटा नमूना जाँच गरिएको छ । हिजो ९शनिबार० उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको हो । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङमा दिइएको जानकारी अनुसार १ सय १० जना संक्रमितमध्ये ३१ जना निको भएर घर फर्केका छन् भने बाँकी ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ७८ जना पुरुष र ३२ जना महिला हुन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार हालसम्म विरगंजमा २७ जना, विराटनगरमा २१ जना रुपन्देहीमा ६ जना, नेपालगन्जमा २४ जना, भरतपुरमा १ जनागरी ७९ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनीहरुमध्ये प्रदेश १ का ३५ जना प्रदेश २ का ३१ जना वाग्मती प्रदेशका ७ जना गण्डकी प्रदेशका २ जना प्रदेश ५ का ३० जना र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन् ।photo:google

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?