पुरानो रिसिविको कारण छिमेकीको हत्या !

धादिङ । खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका-५ दाङसिंङ बस्ने २६ वर्षीय भिमसेन बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पुरानो रिसिविको कारण छिमेकी ३१ वर्षीय यम बहादुर गुरुङलाई बाटोमा हिँडिरहेको अवस्थामा बुढाथोकीले धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते यमको उपचारको लागि धादिङवेशीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उनलाई पक्राउ गरि यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?