घरायसी विवादमा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

चितवन । आफ्नै श्रीमती ३४ वर्षीया अञ्जु अधिकारीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खैरहनी नगरपालिका-९ सिमल टाँडी बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण कृष्णले खुकुरी प्रहार गर्दा अञ्जुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरि यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?