न्यूकासलसँग म्यान्चेस्टर युनाईटेड पराजित, लिभरपुलले हरायो साउथह्याम्पटनलाई

काठमाडौं, २९ माघ । इङलिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र लिभरपुल विजयी भएका छन् आइतबारराति भएको खेलमा न्यूकासल युनाईटेडको आफ्नै मैदान सेन्ट जेम्स पार्कमा बलियो प्रतिद्वन्द्वी न्युकासल युनाइटेडलाई १–० ले हराएको हो । उसको जितमा म्याट रिचीले निर्णायक गोल गरे हारसँगै न्युकासलको मैदानमा पहिलो जित हात पार्ने म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक जोजे मौरिन्होको सपना अपुरै रह्यो । मौरिन्होले प्रशिक्षकको रुपमा सो मैदानमा एउटा पनि खेल जित्न सकेका छैनन् गएराति भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–० ले हरायो । लिभरपूलका लागि रोबर्टो फिर्मिनो र मोहोमद सालाहले १–१ गोल गरे । अर्को खेलमा हडर्सफिल्ड टाउनले बर्नमाउथलाई ४–१ ले हरायो प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ७२ अंक जोडेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ भने ५६ अंकको म्यानचेष्टर युनाइटेड दोस्रो, ५४ अंक जोडेको लिभरपुल चेस्रो र ५२ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहेको छ एक खेल कम खेलेको चेल्सी ५० अंक सहित पाँचौं स्थानमा रहेको छ । चेल्सीले आजराति तालिकाको पुच्छरमा रहेको वेस्टब्रोमसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?