व्रह्माजीको पूजा धर्तिमा किन हुँदैन ? यस्तो छ रहस्य !

काठमाडौं । व्रह्मा विष्णु र महेश्वरलाई हिन्दू धर्मावलम्बीहरु त्रिमूर्तिको नामबाट सम्बोधन गर्दछन् । व्रह्मालाई श्रृष्टिको रचनाकार मान्ने गरिन्छ भने विष्णुलार्ई पालकनकर्ता र महेश्वरलाई संंहारकर्ता मान्ने गरिन्छ । किनभने जब संसारमा पाप बढ्दै जान्छ तब महादेव रुद्ररुपमा प्रकट हुन्छन् ।

भगवान शिव र विष्णुका संसारमा धेरै मन्दिरहरु रहेका छन् र पूजा पनि भईराख्छ तर व्रह्माको मन्दिर सारा विश्वमा ३ वटा मात्र रहेका छन् । तर किन त ? यो प्रश्न तपाईको मनमा अवश्य नै आएको होला । व्रह्माजीले नै हामी सबैलाई चार वेदको ज्ञान दिएका छन् ।

हिन्दू धर्मका अनुसार उनको शरीरको बनावट अन्य भगवानको भन्दा फरक रहेको छ । चार वटा अनुहार, चार हात र चार हातमा एकएक वटा वेदका पुस्तक । तर व्रह्माजीको पूजा नै संसारमा किन कम हुन्छ ? यस बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

व्रह्माजीका संसारमा ३ वटा मन्दिर त छन् तर त्यहाँ कहिल्यै भुलेर पनि पूजा हुँदैन ।

पौराणिक कथाका अनुसार एक पटक व्रह्माजीको मनमा धर्तीलाई राम्रो होस् भनेर यज्ञ गर्ने सोचे । उनी उक्त यज्ञका लागि राम्रो ठाउँ खोज्न थाले ।

उनी उक्त स्थान खोज्नको लागि एक कमलको फूललाई धर्तीमा पठाउँछन् । जहाँ कमल आयो त्यहिँँ एउटा मन्दिर निर्माण भयो । भारतको राजस्थानमा उक्त मन्दिर रहेको छ । आज उक्त मन्दिरलाई नै जगत पिता व्रह्माको नामबाट चिन्ने गरिन्छ ।

साथै कथाको अघिल्लो चरणमा व्रह्माजीद्वारा तीन थोपा पानी धर्तीमा फासलएको थियो । जसमध्ये एक पुष्कर स्थानमा झरेको थियो । व्रह्माजी स्थान चुनिसकेको पछि यज्ञका लागि त्यहा पुगे । तर उनकी श्रीमती सावित्री ठिक समयमा त्यहाँ पुग्दिनन् ।

त्यसबेला उनी नआएपछि व्रह्माजीले स्त्रीबिना यज्ञ सम्पन्न नहुने भन्दै स्थानीय एक ग्वालाकी छोरीसँग विवाह गरेर यज्ञमा बसे ।

यज्ञ आरम्भ भएको केहि समयमा व्रह्माजीकी श्रीमती सावित्री त्यहाँ आईपुगिन् । आफ्नो ठाउँमा अन्य स्त्रीलाई देखेपछि उनले रिसाएर व्रह्माजीलाई धर्तीमा व्रह्माजीको पूजा नहोस् भनेर श्राप दिएकी थिइन् ।

उनको रौद्ररुप देखेर सबै देवताहरु डराउँछन् र उउनीसँग श्राप फिर्ता लिन आज्ञा गर्छन् ।

उनको रिस केहि कम भएपछि उनले क्षमा दिँदै उनले राजस्थानमा रहेको मन्दिरमा मात्र पूजा गर्न मिल्ने र अन्य ठाउँमा व्रह्माको मन्दिर बनाएमात्र पनि त्यसको नाश हुने श्राप दिएकी थिइन् ।

त्यसैले व्रह्माजीको मन्दिर धर्तीमा कम छन् र धर्तीमा पूजा पनि कम हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?