को-को बन्दैछन् माओवादीबाट समानुपातिक सांसद ?

काठमाडौँ, माघ २९ – नेकपा माओवादी (केन्द्र)ले प्रतिनिधि सभातर्फ निर्वाचित समानुपातिक सदस्यको नामावाली निर्वाचन आयोगमा सोमबार बुझाउने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले समानुपातिक उम्मेदवार सूचीबाट १७ जनाको नाम सोमवार बुझाउने जानकारी दिईन् माओवादीले एक जना पुरुष र १६ जना महिला सदस्यको सूची आयोगमा बुझाउनु पर्ने हुन्छ । क्रमसंख्या र समावेशी समूहअनुसार एक जना पुरुष चयन गर्दा खस आर्यबाट हितराज पाण्डे, जनजातिबाट सुनिलकुमार मानन्धर, मधेशीबाट जोगकुमार बरबरिया यादव, दलितबाट तिलक परियार, थारुबाट रामजी चौधरी र मुस्लिमबाट हकि कुल्लाह मुसलमानमध्ये एकजनाको नाम चयन गर्नुपर्ने देखिएको छ । पार्टी स्रोतका अनुसार एक जनाको सूचीमा खस आर्यबाट हितराज पाण्डेको नाम चयन भएको छ, गोरखापत्रमा खबर छ सम्भावित सूचीखसआर्य पुरुषहितराज पाण्डेखसआर्य महिलारेखा शर्मापूर्णकुमारी सुवेदीधर्मशिला चापागाँईसत्य पहाडीसीता पोखरेलआदिवासी जनजाति महिलाजयपुरी घर्तीमगरशशी श्रेष्ठओनसारी घतीयशोदा गुरुङ्गअमृता थापादलित महिलाअञ्जना विशङ्खेदुर्गा विकमधेशी महिलाइन्दु शर्माबोधमाया यादवथारु महिलारामकुमारी चौधरीमुस्लिम महिलाचाँदतारा कुमारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?