२१ मङ्सिर २०८०, बिहीवार

टेलिकमको ‘वाउटाइम’, १३० च्यानल सहितको टिभी मोबाईलमै हेर्न सकिने

२०७४,आश्विन,३,मंगलवार १३:०३

0
Shares

काठमाडौँ, ३ असोज ।नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम हेर्न तथा सुन्न सक्ने भएका छन् ।यस प्रकारको सेवा उपलब्ध गराउने एप्स वाउटाइम मोबाइल एप्स मंगलबारदेखि सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपालको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो ।सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ । त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिन्छ ।यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ ।एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वचर्चित ब्राण्ड शाओमीको रेड्मी सिरिजले नेपाली बजारमा निकै सफलता पाएको छ । रेड्मी सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका

काठमाडौं । ह्वावेको २०२३ सस्टेनेबिलिटी फोरम र यसको क्षेत्रीय सत्रहरू सम्पन्न भएको छ । ’प्रविधिको प्रयोगसँगैः दिगो विकासको अनुभूति’ भन्ने

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको

काठमाडौं । एक अग्रणी टेक्नोलोजी ब्राण्ड भिभोले आफ्नो वाई सिरिज अन्तर्गत बहुप्रतिक्षित स्मार्टफोन वाई२७एस सार्वजनिक गर्ने तयारी गरेको छ ।

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६