प्रहरीको यस्तो बिजोग, कतै मन्दिरमा बास, कतै पालमूनि

काठमाडौं, २९ माघ- मुगुको चैनागाउँ प्रहरी चौकी मन्दिर परिसरभित्र छ। भवन नभएपछि मन्दिरभित्रको टहरोमा प्रहरीले दिन काटिरहेका छन्। शंकास्पद व्यक्ति समातिँदा जिल्ला प्रहरी कार्यालय पुर्या्उनुपर्ने बाध्यता छसल्यानको लुमाहस्थित इलाका प्रहरी कार्यालय शिवालय मन्दिरको जग्गामा छ। जग्गा नपाएपछि प्रहरीले मन्दिरको जग्गामा कार्यालय राखेको होझापा किचकबधस्थित प्रहरी चौकीको हालत पनि उस्तै छ। किचकबध संरक्षण समिति भवनमा प्रहरी कार्यालय छ। स्थानीयले प्रहरीलाई समिति भवन दिएका हुन्। पाँचथरको च्याङथापु सीमा प्रहरी चौकी भाडाको घरमा छ। पाँचथरका अधिकांश प्रहरी भवन भाडामै छन्, अन्नपूर्ण पोस्टमा खबर छ प्रहरी कार्यालयको बिजोगका यी नमुना मात्रै हुन्। देशभर दुई हजार पाँच सय सात वटा प्रहरी इकाइ छन्। तीमध्ये ६ सय १२ वटा इकाइमा प्रहरीको जग्गा छैन। एक हजार एक सय ५३ वटाको कार्यालय भवन छैन। भवन भएका ठाउँमा पनि एक हजार एक सय ७७ वटा इकाइमा ब्यारेक छैन। दिनभर ड्युटीमा खटेपछि राति आराम गर्ने ब्यारेक नहुँदा प्रहरी जहाँ सजिलो पर्योइ, त्यहीँ सुत्दै आएका छन्मुगु, हुम्ला, जुम्ला, कालिकोट, मनाङलगायत जिल्लामा त जाडोयाममा दाउरा किन्ने पैसासमेत नहुँदा प्रहरीले स्थानीयसँग मागेर जोहो गर्दै आएका छन्प्रहरी मुख्यालयका अनुसार एक हजार दुई सय ४४ वटा इकाइमा खाना पकाउने मेस नहुँदा छाप्रोबाटै गुजारा चलाउँदै आएका छन्। अचम्म त प्रहरीका एक हजार एक सय ३९ वटा भवनमा शौचालय नै छैनन्। उनीहरू खाली जग्गामा पालले बेरेर शौच गर्न बाध्य छन्सशस्त्र द्वन्द्वमा सात सय ३८ वटा प्रहरी भवन क्षतिग्रस्त भएको थियो। तीमध्ये तीन सय ३६ वटा भवन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्तिकोषबाट निर्माण गरिएको छ। अझै चार सय एक भवन बन्न बाँकी छ। विनाशकारी भूकम्पले एक सय ९६ वटा भवन भत्कियो। पुनर्निर्माण प्राधिकरणले एक सय तीनवटा भवन बनाइरहेको छ। तीनवटा सम्पन्न भइसकेको छमुख्यालयका अनुसार एक सय ३० वटा इकाइ पुराना सार्वजनिक भवन र सरकारी कार्यालय बस्दै आएका छन्। अझै ६ सय १२ अस्थायी पोस्ट सञ्चालित छन्राजधानीमै प्रहरीको बिजोग छ। महानगरीय प्रहरी कार्यालय टेकु पालमै छ। अपराध महाशाखाको कार्यालय त पार्टी प्यालेसभित्र छ। दरबारमार्ग वृत्त आधुनिक भवनमा सरे पनि बाँकी अधिकांश जीर्ण भवनमै छन्दुर्गमका धेरै जिल्लामा प्रहरीको भवन छैन। बस्तीनजिक इकाइ राख्दा भाडाका घर नै खोजिएको छ। ‘भाडामा लिएको कार्यालयमा कता थुनुवा कक्ष राख्ने, महिला प्रहरीका लागि ब्यारेक कसरी छुट्याउने, मेस व्यवस्थापन कसरी गर्ने, यो जटिल बनेको छ’, प्रहरीका प्रवक्ता डीआईजी मनोज नेउपाने भन्छन्, ‘आफ्नै कार्यालय भवनसमेत नहुँदा दैनिक १८ घण्टा ड्युटी गर्ने प्रहरीहरू कुन मानसिकताले काम गर्छन् ? ’महानगरीय प्रहरी कार्यालय मातहतकै एक सय २९ वटा प्रहरी इकाइको जग्गा छैन। सयवटा भवन भाडामै छन्। ९७ वटा इकाइमा ब्यारेक छैनन्, ९९ वटा इकाइको आफ्नै शौचालय छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?