धानुकलाई हटाएर विश्वराजलाई दिइयो काठमाडौंका प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं, २८ माघ– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एससपी रवीन्द्र धानुकलाई हटाएर विश्वराज पोखरेललाई ल्याइएको छ । महानगरीय प्रहरी कार्यालयमा कार्यरत पोखरेललाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो कमजोर कार्यसम्पादन गरेको भन्दै उनलाई सरुवा गरिएको बताइएको छ । महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले उनको सरुवा भएको पुष्टि गरे । सरुवा हुने छनक पाएपछि उनी आइतबारदेखि १० दिन बिदामा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?