७ चैत्र २०७९, मंगलवार

टेलिकमको ‘वाउटाइम’, १३० च्यानल सहितको टिभी मोबाईलमै हेर्न सकिने

२०७४,आश्विन,३,मंगलवार १३:०३

9
Shares

काठमाडौँ, ३ असोज ।नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम हेर्न तथा सुन्न सक्ने भएका छन् ।यस प्रकारको सेवा उपलब्ध गराउने एप्स वाउटाइम मोबाइल एप्स मंगलबारदेखि सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपालको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो ।सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना छ । त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ । नेपालमा उपलब्ध एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिन्छ ।यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको छ ।एक महिना पछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अनरकाे एन्ट्री लेभल फोन सार्वजनिक भएको छ । नेपालमा अनर उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा.लि.ले

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको

काठमाडौं । प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा

काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६