भारतीय सेनाध्यक्ष किन आउँदै छन् नेपाल ?

काठमाडौँ, २८ माघ – भारतीया सेनाध्यक्ष विपीन रावत सोमबार नेपालको भ्रमणमा आउने भएका छन् प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत नेपालको भ्रमणमा आउन लागेका हुन् नेपाल एकिकरणको २५० वर्षगाँठ मनाउने क्रममा आगामी फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विषेश अतिथिको रुपमा सहभागि हुन उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाली सेना र भारतीय सेनाबीचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ । भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन अनुसार नै रावतलाई २०७३ चैत १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महाराथीको सम्मान प्रदान गरेकी थिइन् उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्यत पुग्ने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयलद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भारतीय सेनाध्यक्ष रावत फागुन २ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?