लकडाउनकै समयमा राजधानी छाड्ने र भित्रिनेहरुको संख्या बढ्दै जान थालेको छ ।
गृह मन्त्रालय स्रोतबाट प्राप्त तथ्यांकअनुसार औषत दैनिक ५७ सय जना विभिन्न नाका हुँदै उपत्यका छिर्ने गरेका छन् ।
प्रहरीको उपस्थिति नरहेको वा कमजोर उपस्थिति रहेका साना नाकाबाट उपत्यका छिर्नेहरुको संख्या एकिन नभए पनि यो तथ्यांकले उपत्यका लकडाउनको पालना न्यून भइरहेको देखाउँछ ।
वैशाख ११–२४ गतेसम्म मात्रै ३० हजार ९० सवारी उपत्यका भित्रिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया