बाघको आक्रमणमा परी बर्दियामा एक जना गम्भीर घाइते

काठमाडौं । बाघको आक्रमणमा परी बर्दियामा एक जना घाइते भएका छन् । गोला गाउँपालिका वार्ड नम्वर ४ तिनघरुवा निवासी ६७ वर्षीय मायाँराम खनाल बाघको आक्रमणमा परी गम्भीर घाइते भएका हुन् ।

सामुदायिक वनमा भैंसी चराउन गएका उनलाई बिहीबार दिउँसो बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट उनको दुवै कुम, घाँटी र ढाडमा घाउ लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । बाघ आक्रमणका घाइते खनाललाई उपचारका लागि नेपालगञ्ज लगिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?