नेपाल लाइफ इन्स्योरेन्स आफ्ना एजेन्सी फोर्स र डिजिटल मार्केटिङ दुवै माध्यमबाट अझै सशक्त भएर अघि बढ्ने छ : विवेक झा

नेपालको जीवन बीमा बजारमा ३० प्रतिशतको मार्केट सेयर रहेको नेपाल लाइफ ‘अग्रेसिभ’ कम्पनिको रुपमा चिनिन्छ । ६५ देखि ८२ सम्म बोनस, ७५ प्रतिशत सम्मको डिभिडेण्ड दिएर कम्पनीले बिमित र इन्भेस्टरको मन जित्न सकेको पनि छ । तर कम्पनीले २० बर्षमा गर्नसक्ने प्रगति गर्न सक्यो त किन यति ठूलो मार्केट लिडर भनिएको कम्पनीको प्रडक्टमा डाइभर्सन छैन ?इन्भेस्टमेन्ट एक्स्पान्सन भन्दा बैंक डिपोजिटको सेफ बाटो समातेको छ, नेपाल लाइफले । यो कुरा बुज्ने प्रयासमा लोकपथ डटकमले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झासँग कुराकानी गरेको छ ।

सिमित अधिकार र लेभल प्लेयिङ फिल्ड सानो हुँदा बीमा कम्पनिहरुले गर्नसक्ने इन्भेस्टमेन्टको क्राइटेरिया छ । त्यो क्राइटेरियालाई रिसेन्ट्ली दुई बर्ष अघि बीमा समितिले केहि परिवर्तन गर्‍यो । अहिले पनि बैंकले शतप्रतिशत सब्सिडियरी कम्पनि खोल्न सक्छ बीमा कम्पनीले । त्यो गर्न अब हामी २ देखि ३ प्रतिशतमा लगानी गरेर ६५ देखि ८२ सम्मको जुन बोनस हामीले दिईरहेका छौँ। त्यो कसैले पनि दिन सक्दैन भन्दछन्, प्रमुख कार्यकारी अधिकृत झा । प्रस्तुत छ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २० औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झासँग लोकपथ डटकमले गरेको अन्तर्वार्ता :

नेपाल लाईफ इन्सुरेन्सले १९ वर्ष पुरा गरेर २० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा लोकपथ टिमको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौ । २० वर्षमा आईपुग्दा आज नेपाल लाईफ इसुरेन्सको नेपालको मार्केट कुन पोजिसनमा छ भनेर भन्न सकिन्छ ?

हाम्रो देशमा लाईफ इन्सुरेन्सको जुन बजार छ, त्यसलाई अहिले पनि हेर्दाखेरि हामी ‘ग्रोइङ स्टेजमा’ छौँ । तर लास्ट २ वर्षको डेभलपमेन्ट मात्र हेर्ने हो भने बिस्तारै अब यसले आफ्नो दायरा फराकिलो बनाउदै गईरहेको छ । अब पपुलेसन पेनिट्रेसनकै कुरामा यो मोर देन ट्वान्टी पर्सेन्ट भईसकेको भन्ने अवस्था हामीले सुनिरहेका छौँ । जबकि दुई, तिन बर्ष पहिले कुरा गर्दा ७ प्रतिशतको मात्र थियौ । त्यसैले अहिलेको अवस्थाले के देखियो भन्दा यो बिचको दुई बर्षमा बिग जम्प भयो ।

मार्केटमा नयाँ प्ल्येर आउनु , पुराना प्ल्येरहरु अझ सजक हुनु । नम्बर अफ मिन भन्छौ हामी अभिकर्ताको नम्बरमा इन्क्रिमेंट हुनु , वहाँहरुको क्यापासिटी बिल्डिङ हुनु । पत्रपत्रिका देखि डिजिटल मिडिया सबैमा इन्सुरेन्सले प्राथमिकता पाउनु । त्यसको कुराकानी हुनु । जसले जागरणलाई विस्तारित गरेको अवस्था भयो । बीमा समितिले ओभर अल स्थानीय तहसम्म गएर बिमाको बारेमा जागरणहरु पहिल्याउनु । देशकै प्लानिङ्ग्मा समेत गएको वर्ष बीमाको कर छुटको दायरालाई अलिकति भएपनि बढाउनु । इत्यादि कुराले कस्तो देखायो भने देशमा बीमाले एउटा स्थान पायो र त्यसको नतिजा बीमा गर्ने मानिसहरु बढेर गए ।

अब यो परिप्रेक्ष्यमा हाम्रो कम्पनी २० औँ वर्षमा पुगीसक्यो । सुरुदेखि नै आफूलाई एउटा युनिक तरिकाले अगाडी लैजाँदै कस्टमर सर्भिसलाई मूख्य केन्द्रबिन्दुमा राख्दै हामी अगाडी बढेका थियौँ ।

कस्टमरसँग डाइरेक्ट रिलेटेड अभीकर्तालाई आफ्नो मेरुदण्डका रुपमा लिँदै, धेरैभन्दा धेरै महत्व दिएर अगाडी बढाउँदै गहिरहेको कारणले हामीले सुरुवात देखि नै बजारमा आफ्नो मजबुत उपस्थिति गराइरहेको थियौँ । गएको यो दश वर्षलाई हेर्दा हाम्रो कम्पनीले बजारको मुख्य हिस्सालाइ ओगटेर राख्न सफल भएको छ । यहि दौरानमा २० प्रतिशतको बजार हिस्सालाई ३० प्रतिशतको मार्केट सेयरमा पुर्याउन सफल भएको छ, यो कम्पनी ।

गएको दुइ वर्षमा कम्पिटिसन बढेर गयो, नम्बर्स अफ प्लेयर बढेर गए त्यस्तो अवस्थामा पनि आफ्नो युनिक बजारीकरणको कारणले अथवा ग्राहकको हितलाइ ध्यानमा राखेर , सर्भिसलाई उच्च प्राथमिकतामा राखेर आफ्नो सम्पूर्ण परफमेन्सलाई त्यत्तिकै ध्यान दिँदै काम गरेको कारणले यो अवस्थामा समेत कम्पनीले आफ्नो बजार हिस्सालाई स्ट्याण्डर्ड राखेर एउटा स्ट्रोङ प्रेजेन्स महशुस गराइरहेको छ, जस्तो मलाइ लाग्छ।

कोरोना संक्रमणले गर्दा करिव ४५ दिन भयो नेपालको सबैजसो क्षेत्र ठप्प भएको छ । यस्तो बेलामा नेपाल लाइफ इन्सुरेन्सको अप्रेसनमा नेगेटिभ इम्प्याक्ट के कस्ता परिरहेको छन् कसरी यसलाई म्यानेज गर्दै हुनुहुन्छ ? 

यो कोभिड १९ चाहिँ अप्रत्यासित रुपमा आयो । विश्वका कुनैपनि अर्गनाइजेसन होस या देश अथवा जहाँसुकै जस्तोसुकै एउटा इम्याजिनेबल प्रिडिक्सन गरिएको हुन्छ । भवितव्य रुपमा यस्ता किसिमका समस्या आउँदाखेरी बाहिरी वातावरणमा परिवर्तन आउँदाखेरी त्यसलाई कसरी कोप गर्ने भन्ने आफूले देखेको रिस्क मात्र मान्छे प्रिपियर हुन्छ । अब यो बियोण्ड इम्याजिनेसनको कुरो आयो । जस्तोसुकै तयारी भएपनि मानिस सम्पूर्ण विश्वलाई नै यसले बिग हिट गरेको छ । र त्यो बिग हिटको केसमा हाम्रो लाइफ इन्सुरेन्स कम्पनि होस् या ओभरल यो इन्सुरेन्स सेक्टरलाइ अझ बढी हिट गरेको अवस्था किन देखियो त भन्नुहुन्छ भने यसले ओभरल बिजनेस कनटिन्युटिमा प्रश्न गर्‍यो। कारण के भन्दा हामीले जस्तो किसिमले व्यापार गरिरहेको अवस्था थियो । अथवा हाम्रो जुन बिजनेस मोडल थियो । त्यो बिजनेस मोडल मोर अफ अ फेस टु फेस हुने गर्दथ्यो, पेपर बेस मोडलमा थियो ।

जहाँनिर एउटा सानो उदाहारण, कुनैपनि एउटा इन्सुरेन्स प्रपोजल लिएर जानको लागि इण्डिभिजवल पर्टिकुलर क्लाइण्टको घरमा गएर, उहाँहरुलाई सारा प्रोडक्ट बुझाएर, प्रपोजल फाइलहरु साइन गराएर उहाँलाइ कुनै हस्पिटल लगेर उहाँको मेडिकल एग्जामिनेसन गरेर त्यो बेसीसमा मात्र इन्सुरेन्स गर्ने अवस्था थियो । तर आजको दिनको अवस्थामा कस्तो छ भने प्रि कस्टेनरि मेजर्सको लागि सकेसम्म तपाई सामाजिक दुरी कायम गर्नुहोस् । तपाई आफ्नै ठाउँमा बसेर काम गर्नुहोस् । हामी डिजिटल फ्रेन्ड्ली थिएनौँ । किनभने हाम्रो जुन मोडल छ त्यो सम्पूर्ण रुपमा पेपर बेस भएको कारणले हाम्रो अभिकर्ता घरमै बसेर कनेक्ट गर्ने र उहाँलाई डिजिटल्लि फर्म भराएर कम्पनीमा ल्याउन सक्ने अवस्था स्वतन्त्र रुपमा भईसकेको छैन ।

त्यसले गर्दा पक्कै पनि यो जुन नयाँ व्यापारको निरन्तरता थियो । वैशाख , जेठ , असार हेरौँ अनि चैतदेखि नै हामी डिस्टर्ब भएका छौँ । चैत ११ गते देखि हामी डिस्टर्ब भईसकेका थियौँ । त्यसकारण यो बेलामा जब फ्लो बढिरहने अवस्था थियो । त्यो बेलामा अचानक हामीले बिग स्टप फेस गरिरहेको अवस्था छ ।

एउटा सिइयोको च्यालेन्ज भनेको विषम परिस्थितीमा नाफा नभएपनि घाटा नगराउनु र कम्पनिलाई अप्ठेरो बाटोतिर जान नदिनु नै हो ।  २५ हजार भन्दा बढी एक्टिभ एजेन्ट तपाईहरुको फिल्डमा रहेको यहाँ आफैले भन्नुभयो । अब एकैचोटि डिजिटल प्लेटफर्ममा गएर गर्न सक्ने कुरो पनि हुँदैन । ७२ प्रतिशत सम्मको डिभिनेण्ट तपाईहरुले दिईरहनुभएको थियो । रिटेनको लागि अब सम्भव छ त ? अबको चुनौती कस्तो होला ? 

लाइफ इन्सुरेन्स बिजनेसलाई अलिकति भित्रसम्म हेरौँ । नयाँ बिजनेस ल्याउने कुरा जुन छ हाम्रो एजेन्सी फोर्स २५ हजार बढी तपाईले भन्नुभएको एकदम हो । तर अहिले चाहीँ हामि फेस टु फेस जान नसक्ने अवस्थामा छ भने कन्भार्जन इन डिजिटल फर्म्याट, वि ह्याभ टू डु द्याट । यो कुरामा हामी अलरेडी काम गर्न सुरु गरिसकेका छौँ र यहि बीचमा पनि हाम्रो न्यू बिजनेस चाहिँ मानौँ जुन लेभलमा हामी गथ्र्यौ त्यसको १० प्रतिशत कलेक्सन सुरु भैसकेको छ । तर हाम्रो लाइफ इन्सुरेन्समा एउटा पाटो के हुन्छ भने हाम्रो जुन प्राइसिङ हुन्छ । त्यो प्रोडक्ट प्राइसिङ्गमा सर्टेन एजम्सन हुन्छ । उदाहरणका लागि हामीले ल्याएको प्रिमियर चाहिँ यति प्रतिशतमा लगानी हुन्छ । हाम्रो एक्स्पेण्डिचर यति पर्सेन्ट हुन्छ । कन्ट्रीको इन्फ्लेसन रेट यो लेभलमा जान्छ । कन्ट्रिमा हुने मोर्ट्यलिटि यो लेभलमा बस्छ । मैले यो के भनेको भने प्रिमियर , एक्स्पेण्डिचर यी सारा कुराको आधारमा हामीले प्रोडक्ट बनाएका हुन्छौँ । तर हाम्रो देशमा एउटा कुरा एकदम ध्यान दिनुहोला इन्सुरेन्स कम्पनीको जुन मुख्य कमाइ हो त्यो चाहि एकदम उतारचढाव आएको अवस्था हुन्छ । कारण अल द इन्सुरेन्स कम्पनिस आर डिपेण्डेण्ट अफ फिक्स डिपोजिट इन बैंक एण्ड एनी फाइनान्सियल इण्टिटुसन । ७० देखि ८० प्रतिशत पैसा त्यहाँ लगानी भएको हुन्छ ।

अब त्यो यसरी मुभ गरेको छ । त्यसको सिधा असर अर्निङमा पर्छ । त्यसकारण त्यो चिजसँग सिधा रिलेटेड भएको कारणले गर्दा तपाइको इन्फ्लो पनि कम हुने, यिल्ड पनि कम हुने ।

फिक्स कस्टको दायरा नघट्ने कारणले त्यसको इम्प्याक्ट के हुन्छ भने तपाईको प्रफिटाबिलिटिमा सर्टेन स्ट्रेन आउँछ । तर ओभरल सिनारीयोमा कम्पनीले आफ्नो एउटा प्लान बनाएको हुन्छ । आफ्नो रिजर्भलाई ध्यान दिएको हुन्छ । जुन हामीले पनि गरेका थियौँ । हामीले विगत देखिने यो विचार पुर्याएर काम गर्दै आएर छौँ हरेक चिजको स्टाटिजिज छ, हाम्रो ।

नेगेटिभ अथवा यस्तो स्ट्रेन सिनारियोमा पनि हामीले कसरी अगाडी बढ्ने भन्ने निर्धारण गरेका छौँ । त्यसकारण हाम्रो ट्रयाक रेकर्ड क्वाइट गुड ।

इफ यु सी । यो बेला चाहि च्यालेजिङ बेला हो । यस्तो बेलामा कम्पनीको सल्भेसी पनि मेन्टेन गर्नुपर्ने जरुरी हुन्छ । तपाइले हेर्नुभएको होला । विदेशतिर मोस्ट अफ द विजनेस ह्याभ चेज अ डिभिडेण्ड पोलिसी फर द टाइम बीङ हैन ।

त्यो सारा चिजलाइ ध्यानमा राखिन्छ अहिले हाम्रो अवस्थामा वि आर इन द प्रोसेस अफ एक्चुएरर भ्याल्लुयसन गत बर्षबाट एक्चुएरर गाइड लाइन्स यसलाई चेन्ज गरिएको छ ।

अझै हामी बेदेसी एक्चुएरिमा डिपेन्डेन्ट छौ सो अहिले धेअरि कुरा गर्नु छ । नेपालमा मात्र समस्या होइन ग्लोबल हो त्यसैले इ स्टील बिलिभ वि विल म्यानेज ।

यहाँलाइ अलिकति फरक प्रसंगमा लैजान चाहन्छु । अचानक यो कोरोना इन्सुरेन्सको कुरो चल्यो । त्यसलाई हाइलाइट पनि गरियो । खासमा यो के हो मन को लड्डु मात्र हो कि र एउटा कुनै लाइफ इन्सुरेन्स प्रोडक्ट पोलिसिमा यो र अन्य हेल्थ प्रोटेक्सन कसरी इन्कर्पोरेट हुनसक्छ

अहिलेसम्म हाम्रो देशका लाइफ इन्सुरेन्स कम्पनिहरुले कन्भेनस्सनल प्लानहरु ल्याएर काम गरिरहेका छन् । र अहिले नै हामी डिजिटलमा जान्छौँ । डिजिटलमा जाँदा कन्भेन्सनल प्लान जुन हाम्रो इण्डाउन लेभलका प्लानहरु छन्। त्यो भन्दा बढी प्रोटेक्सन भनेको टर्म प्लानहरु बढी पपुलर हुने वाला छन् । कारण दयाटिज इजी, घरमै तपाईका कामहरु गर्न सक्नुहुन्छ । त्यसमा धेरै औपचारिकता छैन । त्यसकारण अबको अवस्था के हो भन्दा जब प्रोडक्टको सिटिङ हामीले हेरिरहेका छौँ ।

हाम्रै कम्पनीमा दुइवटा टर्म प्रोडक्टहरु छन् । जुन चाहिँ तपाइको डीयु त्यो कोरोनाबाट हुन्छ या अन्य कुनै कारणबाट हुन्छ, त्यो सारा चिज कभर हुन्छ । जब हामीले अन्य कज अफ डेथ भनेका हुन्छौ नि त्यहाँनिर कुनै किसिमको एक्सेप्सन हुँदैन ।

अहिलेको अवस्थामा पनि हाम्रा जतिपनि प्रोडक्टहरु छन् । ति सम्पूर्ण प्रोडक्टहरु आजको मितिमा लिँदापनि कोरोन इज अल्सो कभर्ड ।

अर्को कुरा तपाइले जोड्नु भएको छ स्वास्थ्य । आजसम्म हामीले हेर्दा नेपाली लाइफ इन्सुरेन्सको बजारमा मस्ट अफ द कम्पनिसँग स्वस्थलार्इ जोडेर ल्याएको प्रोडक्ट छैन । र अहिले के छ भने यो प्रोडक्ट चाही नन लाइफ इन्सुरेन्स कम्पनीले मात्र बेच्न पाइरहेको अवस्था छ । यसमा काम चलिरहेको छ ।

राइडरको रुपमा विभिन्न देशहरुमा जसरी हेल्थ आएका छन् । त्यसरी हाम्रोमा पनि आउनुपर्छ। हामीले क्रिटिकल इल्नेसबाट सुरु गर्‍यौँ। भनेको नेपालका जीवन बीमा कम्पनिहरुका क्रिटिकल ईल्नेसका प्रोडक्ट बजारमा आइसकेका छन् । त्यसरी नै हामीले चाहिँ यस्ता कीसिमका हेल्थ रिलेटेड कुरा ल्यायौँ । किनभने लाईफ इन्सुरेन्स कम्पनीहरु जब हेल्थ प्रोडक्ट लिएर अगाडी बढ्छन नि, त्यो बेलामा बढि भन्दा बढि मार्केट ईम्प्रेसन हुन्छ । किनभने विलिङनेस टू सेल धेरै इम्पोटेन्ट हो मेरो नजरमा ।

उदाहरणको रुपमा तपाईको एउटा सप छ । र सपमा १० वटा सामान छ । त्यो १० वटा सामानमा तपाई जहिलै पनि कहाँ फोकस गर्नुहुन्छ रु जुन सामानमा तपाईको मार्जिन बढि हुन्छ । एज अ सेलर तपाई मार्जिन बढि भएका सामान बढि पुस गर्न चाहनुहुन्छ । त्यसकारण अहिले पनि नेपालको कन्टेक्समा जतिपनि हेल्थ प्रजेक्टका प्रोडक्ट बजारमा एभाइलेभल छन् । त्यो विलिङनेस टू सेल कम देखेको छु मैले । किनभने कम्पनी थ्रु जाँदाखेरी चाहि यू क्यान बाइ फ्रील्लि तर आम जनमानसले चाहीँ हेल्थको सर्भिस पाइरहेको देखेको छैनौँ ।

अर्को कुरा के छ त भन्दा हाल हेल्थ ईन्सूरेन्सका जुन प्रोडक्ट बजारमा छन् ति प्रोडक्टहरु मेरो नजरमा महङ्गा छन् । जब हामी पब्लिक एट लार्जलाई समेट्ने गरि जाँदा केहि सन्तोष बनाउनैपर्छ । हेर्नुस् आजको दिनमा नेपाल लाइफ कै करिब चाहिँ २७ लाख मान्छेले आजको दिनमा ईन्सूरेन्स गरिसकेको अवस्था छ । भनेको बिमा गरे । फेरि म्याचुयोस भए बाहिर गए । आजको दिनमा १०, ११ लाख एगजेस्टीङ होलान् तर ओभरलमा २०, २२ लाख मान्छेले त गरिसकेको छ । सेवा लिइसकेको छ । सो पब्लिक एट लार्जमा जानको लागी यसमा लाईफ ईन्सूरेन्सले हेल्थमा आफूलाई इन्टड्यूस गर्नु धेरै जरुरी हुन्छ । किनभने एउटा त उसको आफ्नो बिजनेसको दायरा पनि बढ्छ र र त्यहि समयमा धेरै भन्दा धेरै पब्लिकले त्यसको फ्यासीटी पाउँछन् । हामी कहाँ गभरमेन्ट लेबलको पनि बिमा फ्यासीलीटी छ । तर त्यो कत्तिको इफेक्टीब छ रु के छ भन्ने कुरा एसिस्मेन्टको पाटो होला त्यो र सेप्रेट एसेप्टमेन्ट होला ।

अब यहाँ तपाईले सोध्नुभएको कोरोना बीमाको कुरा आयो । यो अवस्थामा एक हिसाबले भनौँ न हाम्रो नन लाईफ सेक्टरका साथीहरुले जो बिमा गर्दै हुनुहुन्छ। जीवन बीमालाई अलाउड छैन । निर्जिबन बिमा कम्पनिहरुले जसलाई चाहिँ एक वर्षे प्लानका रुपमा अगाडी सारिएको छ । इनिसियल फेजमा एउटा पपूलारिटी गेन गरेको अवस्था पनि हामीले देखेका छौँ । सो एउटा कुरा यहाा बुज्नुपर्ने के जरुरी भयो भने कोरोनाबाट मान्छे पिडित हुनुभयो र त्यो प्रमाणित भयो भने त्यसको चेकअप र टिटमेन्टको सम्पुर्ण जिम्मेवारी सरकारले लिएको छ । तर कथन कदाचित कोहि व्यतिmको यदि कोरोनाका कारणले मृत्यू हुन्छ भने त्यसका लागी हामी लाइफ ईन्सुरेन्स कम्पनिसँग भएका प्रोडक्ट जुन छन् । त्यसमा त्यो सम्पूर्ण रिक्स कभर भएको हुनाले त्यो प्रोडक्ट्बीलीटीको इम्पोटेन्ट सबै व्यक्तिमा कम्सेकम त्यो चाहिँ टर्मलाइफ ईन्सुरेन्स यदि लिईयो भने त्यसले चाहिँ हामीलाई त्यो रिक्सबाट सेफ गार्ड गर्नसक्छ । टर्म लाइफ ईन्सुरेन्स भनेको निक्कै नै सस्तो प्लान हुन्छ त्यो । भनेको एक लाख रुपैयाँको लागी एज अनुसार फरक पर्नसक्छ । तर दुई सवा दुई सय रुपैयाँमा त्यो प्लान हुन सक्छ । त्यो भन्दा अझ लेसमा हुन सक्छ । योङ र एजको पिपुलका लागि भए ।

त्यसकारण यो सस्तो पनि छ । र सारा रिक्सहरु कभर भएका प्लानहरु पनि छन् । अहिले हामीले अभिकर्ताको माध्यमबाट पनि कोसिस गरिरहेका छौँ तर डिजिटल्लि नै यो प्लान गराउने अवस्था भयो भने सायद धेरै भन्दा धेरै मानिसले आफूलाई यो कभरेज लिनुहुन्छ जस्तो लाग्छ । र तपाइको यो कुरामा जुन फ्युचर बताउनुभएको छ । मलाइ लाग्छ आउँदो २ वर्ष सम्ममा तपार्इले जे भन्दै हुनुन्छ त्यो एकदम म्यासिब हिसाबमा आउनेवाला छ ।

अब लागौँ विकनेस अफ नेपाल लाइफ इन्सुरेन्सतर्फ मात्र डिभिडेण्ड कति दियौँ भन्ने कुरा नेपाल लाइफले गर्छ तर इनोभेसन खै त एउटा बेस छ त्यसैमा सन्तोष छ । व्हेन यु क्लेम द्याट वि होल्ड थट्टि प्रसेन्ट मार्केट तर त्यस्तो कम्पनि किन यस्तो ट्रेडिसनल त !

यहाँ हामी के हेरौँ भने हरेक चिजको फेज हुन्छ । जस्तै हामी कुनै इभोलुसन गर्छौ नि । त्यो इनोभेसन गर्दा युगहरु परिवर्तन भैरहेका हुन्छन् । पहिला टु डिकेटको कम्पनि भयो नेपाल लाइफ इन्सुरेन्स । फर्स्ट डिकेटमा कम्पनिले आफूलाई स्थापित गराउन बजारमा आफूलाई इट्रड्युस गराएर म छु है, म चाहि यस्तो किसिमको छु भनेर पहिलो १० बर्ष गयो । त्यसपछिको १० वर्षमा सुरुवातबाट मैले नेतृत्व गरेँ । इनिसियल्ली हामीले के ल्यायेउ भन्दा , पहिला त देशमा ३ या ४ प्रतिशतको मार्केट क्यपचार इम्प्रेसनको अवस्था थियो ।

आज भन्दा दश वर्ष अगाडी जुन बेला हामीले आइडेण्टिफाई गरेर के कारण हो रु लाइफ इन्सुरेन्स कम्पनीहरुले आफुलाई बजारमा धेरै भन्दा धेरै मान्छे भर्न किन नसकेको रु त्यस समय एक दुइ वटा बिना लाइसेन्स संचालित कम्पनिका कारण पनि यस प्रतिको नेगेटिभिटि थियो । अर्को के थियो भन्दा हामीले जहा गएर फिडब्याक लिने प्रयास गरेका थियौँ । एजेन्सी फोर्स र सीमित ठाउँका मान्छेहरु सँग कुरा गर्दा यस्तो थियो कि यो १५ वर्ष सम्म चाहिँ यो कम्पनि बस्छ कि बस्दैन १५ बर्षपछि यो पैसा मलाइ दिन्छ कि दिदैन रु यस्ता किसिमका प्रतिक्रिया सुन्दा हामीलाई त्यो बखत के लाग्यो भन्दा कुनै यस्तो प्रोडक्ट जहाँ त्यो भन्दा धेरै पैसा रिपेमेन्ट होस् ।

मान्छेलाई तुरुन्तै पैसा आउन थाल्ने । उदाहरणका लागि १५ बर्षको त प्रोडक्ट छ। तर ४ वर्षदेखि कम्पनीले केहि रिटर्न गर्न थाल्यो भने मान्छेहरुलाई लाग्न थाल्छ कि ए कम्पनीले दिदो रहेछ है । त्यो बेला हामीले एउटा प्रोडक्ट इण्ट्रड्युस गरेका थियौँ । मनि ब्याक प्लान । त्यो भन्दा अगाडी पनि मनि ब्याक प्लानहरु थिए । तर हामीले ल्याएको मनि ब्याक प्लान अलिकति फरक थियो । त्यो हाम्रो प्रोडक्ट ल्याउदा २ देखि ३ वर्ष भित्र बजारको लार्जेस्ट सेलर भयो । त्यसले के वातावरण सृजना गर्दै गयो भने इन्सुरेन्स कम्पनि लामो समय सम्मका लागि निर्भर छन । कन्डिसन के छ भन्दा यसरी पैसा पनि पाइन्छ । १० वर्ष नाघ्ने बित्तिकै त पोलिसी म्यचोड भएर रिटर्न पनि पाए । त्यस बाट हामीले के विश्वास स्थापित गर्न सक्यौ भने इन्सुरेन्स कम्पनिले यसरी पैसा दिन्छन् भने वातावरण सृजना गर्न सफल बन्यौ ।

पछिको एरा के आयो त भन्नु हुन्छ भने आजको करिव ४ बर्ष अगाडी हामीले के भन्यौ भने मान्छेमा अर्को एउटा कर्न्सर्न रहेछ त्यो के भन्दा यो इन्सुरेन्स भनेको महँगो चिज हो । इन्सुरेन्स भनेको सबैको लागि हैन रहेछ । १ लाख रुपैयाँको १५ बर्षे बिमा गर्न जाँदाखेरि सबैभन्दा सस्तो प्रिमियम लिँदा ७ देखि साढे ७ हजार लाग्ने रहेछ । मान्छेले के देख्यो त भने यो त ७ हज्जार ८ हजार १५ हजार लाग्ने रहेछ प्लान गर्नको लागि । यो त हाम्रा लागि हैन रहेछ । अनि त्यहाँनिर हामीले के सोचौँ भने यो त सेभिङ्ग प्रोडक्ट हो त । त्यसमा त भविष्यमा गएर पैसा पनि फिर्ता पाउँछ ।

यो त सेभिङ्ग प्रोडक्ट हो नि त । हामीले अफर गरिरहेको प्रोडक्ट त सेभिङ्ग प्रोडक्ट हो । त्यसमा मेरा इन्भल्बमेण्ट प्लान भित्र तपाइको डेप्रिसियसको पर्सेन्ट कति र तपाइले तिरेको सम्पूर्ण पैसा जोडेर लास्ट आएको बोनस शुद्ध गरेर फिर्ता गर्ने, आफूले तिरेको पैसा त ब्याज सहित भनौँ न एक हिसाबले । त्यसले त्यहाँ महँगो सस्तो हेर्नुभएन कि मसँग पैसा थियो । त्यो सुरक्षित भयो र अन्त्यमा ब्याज सहित फिर्ता पाएँ । हामीले सोचेको जहाँनिर मान्छेको साधारण चुनौती कम होस्। यो लाइफ इन्सुरेन्सलाइ इट्रड्युस गर्दा कहिले काहीँ मैले भन्ने पनि गरेको थिए । दुइ लाखको मोटल साइकलको लागि चाहिँ ५ हजार तिर्नुपर्छ ।

दुइलाखको आफ्नो बिमा गर्न ४ सय रुपैया पनि लाग्दैन । त्यो चिजको लागि हामीले स्मार्ट लाइसेन्स इट्रड्युस गर्‍यौँ । स्मार्ट लाइसेन्स इण्ट्रड्युस गर्दा हामीले केहि दिन क्याम्पिङ पनि गरेका थियौँ । त्यो समय हामीले आर्थिक पत्रकारको पनि स्मार्ट कार्डद्वारा बीमा पनि गरेका थियौँ । त्यसको कारण के थियो भने त्यहाँबाट यो कुरा बाहिर जानुपर्यो । त्यसको राम्रो नतिजा पनि आयो । जसले गर्दा हामीले एउटा प्याराडाइम सिफ्ट गर्ने कोसिस गर्यौ । पहिलो १० बर्षको एरा भनेको टोटल्ली कन्भेन्सनल र त्यो प्लानलाइ इण्ट्रड्युस गर्ने एरा थियो । अहिले पनि नेपालको २० प्रतिशत २५ प्रतिशत मानिसले बिमा गरे भन्ने कुरो गरिरहेका छौँ भने त्यसको ठुलो पोजिसन वैदेशिक रोजगारको छ ।

वैदेशिक रोजगारको बीमा भनेको अनिवार्य बीमा थियो । त्यसकारण मलाइ के लाग्छ भने पहिलो दायित्व पहिला हामी त्यहा उपभोक्ता सम्भावित बिमितहरुलाई अझै आकर्षित गर्नुपर्नेछ ।

अब त्यसपछि तपाइले भन्नुभएको इनोभेसन खोइ त टेक्नोलोजीको युज खोइ त ?

म तपाइलाइ एउटा सानो उदाहरण सेयर गरौँ । युनिट लिंक प्लान यो एकदमै चलेको प्लान थियो । एउटा एरा आयो, शेयर मार्केट क्र्यास भयो । त्यसमा मान्छेको चाहना घट्यो । अहिले फेरी आएर लिक प्लान डिफ़्रेण्ट चिजसँग लिंक हुन सक्छन् ।

अनि त्यो अवस्थामा के भयो त भन्दा अहिले क्यापिटल मार्केटको कुरा गर्ने हो भने तपाई हामी यसो विचार गरेर कुरा गरौँ स्टिल इट्स टू बि म्याचोर्ड । हामी सबैलाई के थाह छ भने यहाँ अझै धेरै चिजहरु हुनुपर्छ । अनलाइन सिस्टमहरु यहि हुनुपर्छ । हाम्रो ट्रान्सपरेन्सी अझै बढेर जानुपर्छ । उत्पादन क्षेत्र त्यहाँनेर जोडदिनुपर्‍यो ।

अनि त्यसपछि के हुन्छ भने इन्सुरेन्सले त्यहाँपनि ताइपप गर्ला । तपाईको प्रश्न हुनसक्ला पेन्सन प्लान किन आएन त ? फरक कम्पनीले पेन्सन लिएर आए । तर अवस्था के भयो रियल पेन्सन चाहीँले जस्ले तपाई २० वर्ष पत्रकारिता गर्छ र त्यसपछि मेरो पेन्सनको जुन कमाइ हुन्छ । त्यसको कमसेकम ५० प्रतिशत या ६० प्रतिशत मासिक पाउनुपर्छ मैले पाउनुपर्छ । मैले आफैँ पनि पेन्सन प्लान गरे भने हाम्रो देशमा लास्टमा एकपल्ट पैसा पाउँछ सबैले त्यसपछि केहिपनि पाउँदैन । त्यहाँ के हेर्नुपर्‍यो भने मैले तपाइले पेन्सनका लागि लिएको प्रिमियम कहाँ लगाउने भए भने मैले लगाउँने यहि कमर्सियल बैंकमा हो ।

मसँग युजल्ली भएको अवस्था के छ भन्दा एकपल्ट १२ प्रतिशत हुन्छ। हिजो अस्ति पनि हामीले शत प्रतिशतमा लगानी गरेको थियौँ । मैले समाचार हेर्दा सुनेको घटाएर अझ ६ मा लैजाने कुरा छ । कसरी इन्सुरेन्स कम्पनीले प्लान गर्ने । हाम्रो देशमा नीतिको कारण ले गर्दा खेरी फिक्स ग्यारेन्टी रिटर्न त दिनसक्ने अवस्था छैन । त्यसकारण म के भन्छु भने फर प्रोडक्ट इनोभेसन अल्सो । सर्टेन यस्ता खालका प्रोडक्ट इनोभेसनका लागि देशमा लामो समयको अनुभवको आवश्यकता हुन्छ र अब हामी नै यस्ता काम गर्न सक्छौ ।

साधन श्रोतको हिसाबले नेपाल लाईफ धनी र बलियो छ तर इन्भेस्टमेन्ट को एक्स्पान्सन खै त ? नयाँ क्षेत्रमा लगानि या सब्सिडियरि कम्पनी ल्याउन नसक्नुको कारण के होला खालि ६५ देखि ८२ बोनस भनेर कहिले सम्म प्रफिट रिटेन होला

हामीले इन्भेस्टमेन्टको दायरा बढायौ । बीमा कम्पनिहरुले गर्नसक्ने इन्भेस्टमेन्टको क्राइटेरिया छ। त्यो क्राइटेरियालाई रिसेन्ट्ली दुइ बर्ष अघि बिमा समितिले केहि परिवर्तन गर्यो । अहिले पनि बैंकले सतप्रतिशत सब्सिडियरि कम्पनि खोल्न सक्छ बिमा कम्पनीले त्यो गर्न अब हामी २ देखि ३ प्रतिशतमा लगानी गरेर ६५ देखि ८२ सम्मको जुन बोनस हामीले दिईरहेका छौँ। त्यो कसैले पनि दिन सक्दैन ।

यहिँनेर प्रश्न फेरि के हुन्छ भने ७० देखि ७५ अर्बको पोर्ट फोलियो म्यानेजमेन्ट गर्नुछ । गर्नुपनि भएको छ । जसमध्ये ३० देखि ४० प्रतिशत मात्र लङ टर्म नेगोसेसन छ । यो त ठूलो रिस्कमा बस्नु होइन र  त्यसमाथी अहिले ‘कोभिड – १९’ पछि बैंकको सेभिङ रेट झनै घट्ने निश्चित छ अब के होला ? 

एकदम सहि कुरा, सुरु देखिने यहाँ एसेट लायबिलिटी मिसम्यानेज छ, सबै कम्पनिहरुमै हो यो । हामीले फाइन्यन्सियल कन्डिसनको एनलाइसिस पनि गरायौँ । सल्लाह पनि गर्यौँ । पहिलो मेरो च्यालेन्ज के थियो भने कसरी सकेसम्म मेरो लायबिलिटीलाई एसेट्ससँग मिट गराउने रु जब कि नेपालको कन्डिसन यहाँले भनिहाल्नु भयो । १ वर्ष भन्दा बढी फिक्स डिपोजिट दिन कुनै पनि कम्पनि तयार छैन ।

म चाहीँ डिपोजिटर हो भने मेरो सोंच फ्युचरमा इन्ट्रेस बढेर जान्छ भनी हुन्छ बैंकहरुको सोच के हुन्छ भने फ्युचरमा घटेर जान्छ । सकेसम्म सर्ट टर्म लिउँ अनि मैले सस्तो फन्ड पाउँछु । यहा म्याचिङ्गको जरुरी थियो । हामीले सुरुदेखि नै एउटा के सोच लियौँ भने लेटेट्स गो फर द लंग टर्म । आजपनि नेपाल लाइफ इन्सुरेन्सको पोर्ट फोलियो हेर्नुभयो भने ७० प्रतिशत चाहिँ हाम्रो लङटर्म छ । किनभने एटलिस्ट त्यहि लेभलमा म्याच गर्यौँ । हामीले कहाँ जित्यौँ भने इनिसियल फेजमा जुन बेला १२ पर्सेन्ट १३ पर्सेन्टको चलिरहेको अवस्था थियो ।

त्यो बेलामा दुइवटा चिज हामीले गर्यौँ त्यो बेला हामीले बुट गुडफन्ड क्रिएटगरेका थियौँ । जसले हामीलाई धेरै राम्रो गर्‍यो । सँगै त्यो बेलामा हामीले कम्पनीको ग्रोथ ड्राइभ पनि गर्‍यौँ । कुन बेलामा तपार्इले कम्पनीको बिजनेस ड्राइभ गर्ने र कुन बेलामा सो डाउन गर्ने यो सबै प्लान हो । हाम्रो देशमा कहिले काही कस्तो भन्नुहुन्छ भने जीवनमा बीमा कम्पनि खालि प्रिमियरको पछाडी दौडे भन्ने कुरा आउँछ ।

त्यहाँ प्लानको मात्र कन्सर्न भयो । बटम लेबलमा त कसैको वास्ता हुँदैन । तर हामी के थियौ भने त्यहाँनेर स्ट्रडिजिकल्लि मुभ गरेका थियौँ । धेरै भन्दा धेरै फन्ड चाहिँ हामीले के गर्‍यौँ भन्दा हाम्रो जब ग्रोइङ फेजमा गईरहेको थियो । शत प्रतिशत हाम्रो कम्पनिको ग्रोथ बिजनेस भईरहेको थियो । मेजुरिटि अफ पोजिसन हामीले के गर्‍यौँ । लंगर टाईममा राखेर आजको दिन सम्म पनि त्यो भयो । ४ ० प्रतिशत मात्र लङ टर्म र ६० प्रतिशत सर्ट टर्ममा तपाइले भनेको जस्तो भएको भए अवस्था नाजुक हुन्थ्यो तर त्यसको रिभर्स छ जसले हामी सेफ छौँ।

तर अबको फ्युर के हुन्छ ? जब कि धेरै डाउन भएको रेटमा त हामी लङ टर्म जान सक्दैनौँ । एकदमै इन्सुरेन्स कम्पनिहरु एउटा के भन्नुहुन्छ भने तपाई यो केहिपनि चलाउन नसक्ने अवस्थामा छन् । लङ टर्म सेक्युरिटीको व्यवस्था छैन । कुनै रिस्की एसेट्समा यो जान सक्दैन । बैंकमा एकदम लो रेट र सर्टेन लेभलमा मात्र उपलब्ध हुनेभयो ।

नेगोसियसन टेबलमा अब फेरी बैंक माथि हुने भयो र उसलाई त सरकार अनि रेगुलेटरी बडिले पनि ब्याक गरिसक्यो
हो अहिले मात्र होइन अल्वेज । लाइफ इन्सुरेन्स कम्पनिसँग कुनै विकल्प छैन । यो लाइफ इन्सुरेन्स कम्पनि भनेको त जनता कै सेवा निम्ति बसेका हुन् । यो पनि जनताको पैसा हो । के बुझ्नुपर्यो भने लाइफ इन्सुरेन्सलार्इ कर्पोरेट डिपोजिट मान्नुभएन । इट इज ईन्डिभिजुअल डिपोजिट । हाम्रो विजनेस नै के भन्दा हामि डिपोजिटर हौँ। यहि समय हो सबै ठूला कम्पनिहरुले सोच्नुपर्यो अब अल्टर्नेटिभ के त ? ७ प्रतिशतमा मैले डिपोजिट गर्नुभन्दा त हामि चाहिँ रिक्वेस्ट गरेर पोलिसीमा कुनै चेन्ज लिएर आएर वी नट दिज कम्पनि डाइरेक्ट्लि लेन्ड रु यो कन्जुमर फाइन्यन्सिङ जान सकिन्छ होला । हाउजिङ लोनमा जान सकिन्छ होला ।

आज चाहीँ लेन्डिङको रेन्ट घटाउन यत्रो हल्लाखल्ला भैरहेको छ बजारमा । हामि सर्टेन पोजिसनका आफ्नै बिमितहरुकै लागि भएपनि कन्जुमर फाईनान्सिङको मै गयो भने सायद लङ टर्म यिल्ड मेन्टेन हुने अवस्था आउँछ होला कि।

यो २० बर्षको कम्पनि यसको डाटा बेसमा बढो गर्व गर्नुहुन्छ, तपाईंहरु । हामीसँग डाटा बेस छ। वि क्यान एनालाइज, वि क्यान प्रिडिक्ट द मार्केट भन्नुहुन्छ तर अझै आफैँ १५ बर्ष पुरानो आउट डेटेड सफ्टवेयर छ, तपाईंहरुको एकातिर डिजिटल मार्केटिङको कुरा गर्नुहुन्छ कसरी सम्भब हुन्छ यति पुरानो सफ्टवेयर बाट डिजिटल क्रान्ति रु बरु तपाइहरुको डेटा नै खतरा हुँदैन आफैँ दुइ दुइ टर्मको सीइओ हुनुहुन्छ । खै त टेक्नोलोजीमा चेन्ज ल्याउन पर्दैन

आजको दिनमा हामीसँगसेल्फ डेभेलप सफ्टवेयर छ । जसमा हामीले भर्खरै चेन्जेज पनि गर्‍यौँ । हामीले वेब टेस्ट गर्‍यौँ अहिले अझ बढी युजर फ्रेण्ड्लि गरेका छौँ । पहिलाकोलाइ अहिले हामीले चेन्ज नै गरिसकेका छौँ । अब अहिले हालसम्म त सिम्पल खालका प्रोडक्टहरु थिए र हामी त्यसबाट गयौँ।

अबबाट नेक्स्ट प्रेडेक्टिभ एनालाइसेसको डेटा बेसको आर्टिफिसियल इण्टेलिजेण्टको कुरा हुनसक्छ । यहि स्थितिमा बसी राख्यो भने यु आर एप्सुलिट्लि राइट कि हामी चाहिँ अगाडी बढ्न सक्दैनौँ। अहिलेको अवस्थामा ‘कोभिड – १९’ ले पनि हामीलाई के बतायो भने यस्तो अवस्थामा एक बर्ष चल्छ । दुइ बर्ष चल्छ त्यसपछि के त त्यो बेलामा सायद हामीले कम्पटेटिबल सफ्टवेयर बाइ गर्नुपर्ने अवस्था छ । नयाँ सफ्टवेर पनि इण्ट्रड्युस गर्नुपर्ने अवस्था छ । डिजिटल कुराहरुलाई इण्ट्रड्युस गर्नुपर्ने अवस्था छ । यदि हामी कुनै चिजमा कमजोर छौँ भने यो कुरा हो । म तपार्इको कुरालाइ स्वीकार्छु । र के भन्न चाहन्छु भने आगामी दिन निम्ति हामीसँग प्लान तयार छन् । हाम्रो त्यो कुराहरु चलिरहेको छ र अगामी दिनमा अप टु द एज यो टेक्नोलोजी र सफ्टवेयर परिस्कृत र अप्ग्रेडिङ गर्ने काम चाँडै गर्दैछौँ ।

अन्त्यमा आफ्ना बिमित र सम्पूर्ण नेपालीलाइ के भन्न चाहनुहुन्छ

अहिलेको अवस्थामा कुरा गर्दा यो अवस्था ज्यादै नि चुनौतिपूर्ण छ । संसारभरिका सबै मानिसका निम्ति । अहिलेको अवस्थामा सबै भन्दा पहिले त हामि सबै सुरक्षित हुन जरुरी छ । त्यसकारण पहिला त हाम्रो जुन जीवनशैली छ, त्यसलाई अंगालौँ । र सकेसम्म सबैजना सुरक्षित रहौँ ।

आशा गरौँ की अहिलेको अवस्थाबाट आगामी दिनमा हामी बाहिर निस्कौँ । मैले सामान्य रुपले देख्दा यो समयमा हामी मानिस भएका कारणले धेरै जोखिमहरु छन् । जब भुइचालो गएको थियो । मलाइ याद छ सबै जना कुरा गर्दा खेरी ओहो ! यसले त सबैतिर असर गर्दो रहेछ । त्यसकारण हामी रहँदा एउटा सेभिङको नेचर होला । नरहँदा पनि आफ्नो परिवारलाइ एउटा सहयोग हुन्छ । भन्ने भावना हाम्रोमा विकास भैरहेको हुन्छ । अहिले पनि सबैतिर यो भावना आएको छ । त्यसमा एक्ट गर्नु ज्यादै जरुरी छ ।

म इन्सुरेन्स कम्पनिको तर्फबाट मात्र यो भनिरहेको छैन । म किन यसो भनिरहेको छु भने सम्पूर्ण रिक्सको म्यानेजमेन्ट सानो पैसा तिरेर गर्न सक्छौ भने किन त्यसो नगर्ने त्यो एउटा काम गरौँ । र सबैजना धैर्य धारण गरौँ यो अवस्थामा र आगामी दिन मलाई के लाग्छ भने हाम्रो ओभरल यो इण्ड्रस्ट्रिमा पनि ठुलो परिवर्तन आउँछ ।

***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?