कति छन् नेपालमा एचआईभी संक्रमित?

भक्तपुर, २८ माघ – नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताउनुभयो एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्ध कै माध्यमबाट संक्रमण भएको बताउँदै उहाँले युवा पुस्तामा असुरक्षित यौन सम्बन्ध बढ्दै गएकाले युवालाई कण्डम प्रयोगबारे चेतना दिनुपर्नेमा जोड दिनुभयो पत्रकार सम्मेलनमा शुरुवात संस्थाकी कार्यकारी निर्देशक राजेश दीदीयाले सरकारले संचालन गरेको देशभरका ६७ वटा एआरटी सेन्टरमा १३ हजार संक्रमितले औषधि सेवन गरिरहेको बताउनुभयो । उहाँका अनुसार भक्तपुरमा मात्रै एक हजार १०० एचआईभी संक्रमित रहेका छन् निःशुल्क एड्स परीक्षणअन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा शुरुवात संस्थाले एचआईभी एड्सको निःशुल्क परीक्षण गर्ने भएको छ । १३ फ्रेबुअरी अर्थात शिवरात्रिका दिन फागुन १ गते भक्तपुरको दरबार स्क्वायरमा निःशुल्क एचआइभीको परीक्षण गरिने भएको शुरुवात संस्थाका कार्यकारी निर्देशक दीदीयाले जानकारी दिनुभयो अत्याधुनिक प्रविधिको मेशिनले विशेष भ्यानमा राखेर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । भक्तपुरमा मात्रै दैनिक १० हजारभन्दा बढी कण्डमको खपत हुने जानकारी दिँदै उहाँले त्यसैलाई मध्यनजर राख्दै फागुन १ गते दरबार स्क्वायर र तौमढी (पाँचतले मन्दिर परिसर) मा निःशुल्क कण्डम वितरण गरिने बताउनुभयो साथै, युवालाई मनोरञ्जनबाटै कण्डमको प्रयोग गर्न चेतना फैलाउने उद्देश्यले फागुन १ गते दिउँसो दरबार स्क्वायरमा सांगीतिक कार्यक्रम (लाइभ म्युजिकल कन्सर्ट) गर्ने भएको छ । गायक सौगात राई, एड्रियन प्रधानलगायत चर्चित व्याण्डले विभिन्न सांगीतिक प्रस्तुति राख्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?