अरुण तेस्रोमा बम विस्फोट

संखुवासभा, २८ माघ – अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसको निर्माणाधीन भवनमा शनिबार राति बम बिस्फोट गराएका छन् संखुवासभाको चिचिला गाउँपालिका–३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटपछि निर्माणाधीन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो बम विस्फोट गर्ने समूहको खोजी तीव्र पारिएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । दुई वर्ष अघि पनि उक्त स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?