एकै परिवारका १७ जनालाई कोरोना संक्रमणपछि त्रासमा वीरगञ्ज

काठमाडौं । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका छपकैयाका एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै कसरी संक्रमण भयो भन्नेतर्फ चिन्ता र चासो हुन थालेको छ । गत बैशाख १९ गते ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाको पहिचान गरी परिक्षण गर्दा अन्य १७ जनामा कोरोना संक्रमण देखियो ।

३२ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा १७ जनामा संक्रमण कोरोना संक्रमण देखिनु चिन्ताको विषयको भएको नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउछन् । एक जनाबाट अन्य १७ जनामा कोरोना संक्रमण देखिएपनि पहिलो संक्रमितामा कोरोना संक्रमण कसरी भयो भन्नेमा परिवारको सदस्य र सरकारी निकायले एकिन गर्न सकेको छैन । संक्रमित १७ जनामध्येमा ६६ वर्षीय पुरुषदेखी सुत्केरी महिलासहित २ महिने शिशुसमेत रहेका छन् ।

वीरगञ्ज देखिएका कोरोना संक्रमितहरुको उपचार नारायणी अस्पतालमा भइरहेको छ । अहिले नारायणी अस्पताललाई कोभिड अस्पताल तोकिएको छ । यो अस्पतालमा २८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?