महिनावारीबारे महिलाहरुले जान्नै पर्ने कुरा

काठमाडौं, २८ माघ । महिनावारी बारे महिलाहरु कुरा गर्न हिच्किचाउँने गर्छन् । यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान रहेको छ । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । महिनावारी प्रति अन्धविश्वासको कुनै कुरा छैन । तर, महिनावारीबारे वैज्ञानिक जानकारी लिन आश्यक छ महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर हुने गर्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर डराउँनु पर्दैन महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन– अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसँग सेक्स गर्न मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ । अनुसन्धान कर्ताका अनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी आउँछ महिनावारीको समयमा गर्भधारण सम्भव हुँदैन– यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैन–  महिनावारी र अमिलो पदार्थबीच कुनै सम्बन्ध छैन । मसालायुक्त खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर पर्दैन महिनावारीको समयमा व्यायाम गर्नुहुँदैन्– महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट शरीरमा आराम मिल्छ महिनावारीको समयमा आराम गर्नुपर्छ–  महिनावारीको समयमा शरीरबाट रक्तश्राव हुन्छ । तर, यसबाट डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा रक्तश्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसँग गर्न सक्छन् पिएमएसबाट गुज्रन्छन– महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव गर्न सक्छन् महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ– महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही पनि असामान्य हुँदैन महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुनु हुँदैन– महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि चल्दै आएको छ । यस्तो बेलामा स्वच्छतामा ध्यान दिनुपर्छ कुमारीहरुले कटनको प्रयोग गनुहुँदैन– कयौँ मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच कुनै सम्बन्ध हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?