गाउँपालिकाको सूचनाः तास फिट्दा थुक नलगाउनू कोरोना सर्छ

काठमाडौं । सिन्धुपाल्चोकको एक गाउँपालिका मातहतको वडाले अनौठो सूचना निकालेको छ । भेटेकोसी गाउँपालिका वडा नम्बर १ ले जुवा तास खेल्ने क्रममा थुक लगाएर तास फिट्ने प्रचलन रहेको भन्दै त्यसो नगर्न सुझाएको छ ।

गाउँपालिकाको सूचनामा भनिएको छ, ‘भोटेकोसी गाउँपालिका वडानम्बर १ अन्तर्गत जुवातास खेल्दा वा तास फिट्दा जिब्रोमा हातले थुक लगाएर फिट्न प्रचलन रहेको हुँदा नेपाल सरकार गृह मन्त्रालयको आदेश अनुसार रुपैयाँ आदानप्रदान गर्दा थुक लगाउँदा जिब्रोमा छुँदा कोरोनाको संक्रमणको उच्च जोखिम हुने हुनसक्ने हुँदा जुवातास नखेल्न र नखेलाउन यो सूचना प्रकाशित गरिएको छ ।

अन्यथा जुवा तास खेलेमा वा कोरोना संक्रमण भएको थाहा पाइएमा कारबाही गर्ने उल्लेख छ । सो गाउँपालिका वडानम्बर १ का वडाध्यक्ष मुके शर्माको हस्ताक्षतिर विज्ञप्तिमा उल्लेख छ ।

सूचना अहिले सामाजिक सञ्चालनमा भाइरल भइरहेको छ भने त्यसका सम्बन्धमा थरीथरीका टिकाटिप्पणी भइरहेको छ । सो वडा सिन्धुपाल्चोकको दुर्गम भूभागमा पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?