गोरु मारेको अभियोगमा पक्राउ

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका-३ थानिश्वारा बस्ने ४८ वर्षीय शिव नेपालीलाई गोरु मारेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले आफ्नै गाउँ भन्दा अन्दाजी ५ सय मिटर टाढा रहेको बारीमा लागि गोरु मारेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?