राष्ट्रिय सभामा निर्वाचित ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपतिसमक्ष पेश गरेको छ मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने ३ जनाबाहेक निर्वाचित ५६ जनाको नामावली आयोगले राष्ट्रपतिलाई बुझाएको हो माघ २४ गते राष्ट्रिय सभा निर्वाचन भएको हो । यद्यपि २ नम्बर प्रदेशसहित अन्य केही सदस्य निर्विरोध निर्वाचित भएका थिए । निर्वाचित बाहेक मनोनित हुने ३ जनाको नाम सरकारले सिफारिस गरिसकेको छ तर राष्ट्रपतिले उनीहरुको नाम अनुमोन गरेकी छैनन् । दलहरुसँग छलफल नै नगरी काँग्रेस निकटका व्यक्तिलाई एकलौटी रुपमा सिफारिस गरेकोमा राष्ट्रपति सन्तुष्ट नरहेको बताइन्छ गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचितको अन्तिम परिणाम आयोगले अझै बुझाएको छैन । निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउनेछ जसका लागि दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेको नाम सोमबारसम्ममा बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?