डोरमणिलार्इ प्रदेश ३ मा मुख्यमन्त्री नियुक्त गर्न वाम गठबन्धनको पत्र

काठमाडौं, २८ माघ । प्रदेश ३ मा संसदीय दलको नेता चयनसँगै अब प्रदेश सरकार गठनको प्रक्रिया सुरु भएको छ एमाले र माओवादी केन्द्रले प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता डोरमणि पौडेललाई नियुक्त गर्न आग्रह गरेका छन् प्रदेश ३ मा सरकार गठनका लागि एमाले एक्लैको बहुमत रहेको छ भने माओवादी केन्द्रले समेत समर्थन गरेपछि पौडेल नेतृत्वमा प्रदेश सरकार गठन हुने प्रष्ट छ एमालेले पौडेललाई मख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र पठाउने तयारी गरेको छ । माओवादी संसदीय दलका नेता शालिकराम जम्मरकट्टेलले प्रदेश प्रमुखलाई पत्र पठाएर पौडेललाई समर्थन गरेको जनाएका छन् नेपालको संविधानको धारा १६८ को उपधारा १ मा प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?