राधिका तामाङ प्रदेश ३ को उपसभामुखमा निर्विरोध निर्वाचित

हेटौंडा, २८ माघ । माओवादी केन्द्रकी नेतृ तथा पूर्वराज्यमन्त्री राधिका तामाङ प्रदेश ३ को उपसभामुखमा निर्विरोध निर्वाचित भएकी छन् वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी तामाङको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादी संसदीय दलकी उपनेता कुमारी मोक्तान रहेकी छन् उम्मेदवारी दर्ताको समयभित्र उनको बाहेक अन्यको उम्मेदवारी नपरेपछि उपसभामुख पनि निर्विरोध भएको हो । काँग्रेसले उपसभामुखमा दाबी गरेपनि उम्मेदवारी दिएन यसअघि नै वाम गठबन्धनभित्र एमालेले मुख्यमन्त्री र सभामुख तथा माओवादी केन्द्रले उपसभामुख लिने सहमति भएको थियो । नुवाकोट क्षेत्र नम्बर १ को क बाट निर्वाचित तामाङ माओवादी केन्द्रीय सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?