२०७७, २३ बैशाख मंगलवार ११:०४

लकडाउनमा डिश मिडिया नेटवर्कको नयाँ योजना, यसरी दिँदैछ ग्राहकलाई सुविधा


प्रकाशित मिति : २०७७, २३ बैशाख मंगलवार ११:०४

हिले नेपालको १५ लाख घरमा यो लकडाउनको समयमा समेत सूचना र मनोरञ्जन एकसाथ प्रवाह गरिरहेका छौँ भन्दछन् डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्य। लोकपथ डटकमसँगको संवादमा प्रवन्ध निर्देशक आचार्य हालको यो लकडाउनको अफ्ट्यारोको कारण डिश होमको ग्राहकले यदि रिचार्ज गर्न नपाए कम्पनिले १० दिनसम्मको क्रेडिट लगायत अन्य बोनस समेत दिँदै आएको बताउँछन् ।

लकडाउनमै कक्षा ४ देखि १० सम्मलाई एजूकेसनको च्यानल भनेर सेवा प्रदान गर्न सुरु गरिसकेको डिश होमले लकडाउनपछि आफ्नो इन्टरनेट सर्भिसलाई पनि तिब्र गतिमा बिस्तार गर्ने आचार्य बताउँछन् । कामना सेवा विकास बैंकका अध्यक्षसमेत रहेका सुदिप आचार्य यहाँ धेरै काम गर्न सक्ने अवस्था रहेको बताउँछन् ।

उनी भन्छन्, डिसहोम एउटा मिडियम हो हामीले पनि एकदम नयाँनयाँ कुरा गरिरहेका हुन्छौँ र यो निरन्तर जारी नै रहनेछ । प्रस्तुत छ, लोकपथ डटकमले डिश मिडिया नेटवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यसँग गरेको अन्तर्वार्ता :

कोरोना संक्रमण र लगातारको लक्डाउनले गर्दा मानिसहरु घरमा बस्नुपर्ने बाध्यात्मक अवस्था छ । लकडाउनले सम्पूर्ण अर्थतन्त्रमा नकारात्मक असर पर्‍यो भनिएको छ तर आजको दिनमा त डिशहोममा दर्शक त बढेको हुनुपर्छ र बिजिनेस पनि डिसहोमको सवार्धिक भइरहेको होला । तपाइको अब्जरभेसन के छ ?

हामीले करिव – करिव १८ लाख बक्स अहिलेसम्म बिक्रि गरिसकेका छौँ । त्यसमा कोहि ग्राहक हेरिरहनुभएको छ र कोहि ग्राहकले बन्द पनि गर्नुभएको छ । यसरी हेर्दा मेरो विचारमा रेगुलर बेसमा हेर्ने १० देखि ११ लाख घरमा हाम्रो रेगुलर भ्युअर हुनुहुन्छ । अ अफ एण्ड अन भ्युअरको पनि हिसाब गर्ने हो भने हामीलाइ १५ लाख जति घर परिवारले हेर्दछन् ।

हाम्रो पेनिट्रेसन भनेको यो हो र यो समग्रमा तुलनात्मक रुपमा व्यवसाय ठिकै जस्तो देखिन्छ ।

तर यसको असर हामीलाई पनि नपरेको हो जस्तो मलाइ लाग्दैन । मान्छेले हेरीरहेका छन् । तर कति ठाउँमा चाहिँ कस्तो समस्या छ भने भन्नलाई इसेन्सियल सर्भिस भनेर सरकारले बर्गीकरण त गरिदिएको छ ।

तर सर्भिस डिजाइन गर्दागर्दै पनि कति ठाउँमा सर्भिस दिन नपाउने अवस्था छ। विशेषगरी प्रदेशहरुमा अलिकति नबुझेर पनि होला । हामी प्रयास गरिरहेका छौँ, कम्प्लेनहरु आएको छ । इभन हेल्लो सरकारमा पनि कम्प्लेनहरु आईरहेको मैले देखेको थिएँ ।

सर्भिसमा चाहिँ कति ठाउँमा रिचार्ज कै इस्युहरु आयो । त्यस्ता समस्यालाई आफ्नो हिसाबले समाधान त गरिरहेका छौँ । तर हाम्रो पहुँचमा नआउनुभएका ग्राहकहरु पनि हुनुहुन्छ होला । त्यस्ता ग्राहकलाई हामीले केहि न केहि उपाय लगाएर सर्भिस दिन भरसक प्रयास गरिरहेका छौँ । तर रिचार्ज सेल्स काउन्टरहरु खुल्न नसक्दा हामीले पनि सोचेको जस्तो सेवा दिन पाइरहेका छैनौँ ।

रेभिनियुको दृष्टिकोणमा अन्य महिनाभन्दा अहिलेको सेल्समा कस्तो फरक देखिन्छ ? 

अहिलेसम्म सिमिलर प्याटर्न मै छ । रेभिनियुमा त्यस्तो ह्रास आएको देखिँदैन, ग्राफ त्यस्तो छैन। अलि अलि कम त भएकै हो तर यो सर्भिसलाइ मेक्सिमम युज गर्नुपर्ने हो युजर बढ्नुपर्ने हो ।

छिमेकी मूलुक ईन्डिया वा वर्ल्डवाइड हेर्नुभयो भने इन्डियामा हामीजस्तो सेवा प्रदायकको लकडाउन मै ५० देखि ६० लाख कस्टमर ब्याक आएको देखिन्छ । त्यो हिसाबले हाम्रोमा त्यहि रेन्जमा आएन। यस हिसाबमा व्यवसाय ठिकै छ ।

तर जुन लेभलमा पुग्नुपर्ने हो, अलिकति त्यो हुन सकेन । सरकारको लेभलबाट हामीलाई अति आवश्यकिय सेवा भनिएको छ तर यसको डेप्थ चाहिँ अलिकति अझै नबुझिएको हो कि जस्तो मलाई लागेको छ ।

रिचार्ज कार्डको डिस्ट्रिब्युसनलाइ त केहि हदसम्म क्रेडिट फ्यासिलिटीले पनि कभर गर्न सकिन्थ्यो कि ? डिस होमले यो कोरोना प्रभावको समयमा के कस्ता सुविधा प्रदान गरिरहेको छ त ?

हो, रिचार्ज फ्यासिलिटीको अफ्ठ्यारो पर्‍यो । यसलाई हटाउन गर्न हामीले दुई तिन वटा काम गरिरहेका छौँ । एउटा त हाम्रो हटलाइनहरु सबै खुल्ला छन् । कस्टमर सर्भिस , कल सेन्टरहरु सबै खुल्ला छन् । त्यहाँ कोहि ग्राहकले मसँग रिचार्ज छैन भनेर भाइबर, वाट्सएप सबै प्रयोग गरेर म्यासेज पठाउनु भइरहेको पनि छ । उहाँहरुले म्यासेज पठाउनुभयो भने हामीले केहि न केहि उपाय लागाएर रिचार्ज गर्ने व्यवस्था गरेका छौँ ।

डिस्ट्रिब्युटर नेटवर्कलाई कनेक्सन गरेर भए पनि अलिकति डिफिकल्टिज भएपनि हामीले हरसम्भब प्रयास गरिरहेकै छौँ । त्यो कुरालाई पनि फ्यासिलेट गर्न हामीले एउटा काम अर्को के गरेका छौँ भने पहिला पाहिला क्रेडिट फ्यासिलिटी भनेर तिन दिनको लागि दिएको सुविधा बढाएर ५ दिनको बनाएका थियौँ ।

यो लकडाउनको पिरियडमा त्यो क्रेडिट फ्यासिलिटिलाई १० दिन बनाएका छौँ ।

ग्राहकले रिचार्ज गर्न खोज्दा खोज्दै भ्याइएन भने ए पल्ट मिसकल गरेर अथवा कलसेन्टरमा कल गरेर वा हाम्रो सोसियल मिडिया प्लेटफर्मबाट मेरो क्रेडिट अप्रुभ गरिदिनुस् भनेर म्यासेज पठाउनु भयो भने हामी १० दिनसम्म क्रेडिटमा दिन्छौँ । उक्त १० दिनको टाइममा त रिचार्ज गर्ने केहि न केहि उपाए निस्केला। त्यति बेला चाहिँ हामीले त्यो १० दिनको सुबिधा काट्छौ ।

अब अहिले हामीले भर्खरै डिसहोम क्लास भनेर एजुकेसन च्यानल पनि सुरु गरेका छौँ । त्यसलाई पनि मध्यनजरमा राखेर अब कति ग्राहकले अफ्ठ्यारो पर्यो भनेर बिभिन्न कारणले जोइन गर्न नपाएको वा डिसहोम चलाउन नपाउनुभएका ग्राहकहरुलाई जो ६ महिना भन्दा पुराना ग्राहकले हेर्न पाउनु भएको छैन भने अहिले हामीले उहाँहरुलाई सबै च्यानलहरु फ्रि मा छाडिदिएका छौँ ।

हाल नेपाली बजारमा उपलब्ध डिजिटल पेमेन्ट गेट वे हरु छन् तिनको सर्भिस कत्तिको ट्याप गर्न सकियो वा सकिएको छैन के यसले केहि हदसम्म सजिलो भएको होला ग्राहकहरुलाई ?

त्यो त भएको छ । हामीले हाम्रो डिजिटल पेमेन्ट र भौचर पेमेन्ट भन्छौँ । अहिले फिजिकल रिचार्ज कार्ड त हामीले डिस्ट्रिब्यूट गर्न अफ्ट्यारो अवस्था पनि छ र अहिले लकडाउनको समयमा त्यो असम्भवप्राय छ । पहिलाकै जुन रिमेनिङ कार्डहरु थिए तिनै बढी कन्जुम भैरहेको छ । त्यसलाई नै हामीले यूटिलाइज गरिरहेका हौँ।

अहिले के देखिन्छ भने लगभग ७५ प्रतिशत डिजिटल पेमेन्ट नै हो र हाल यसका लागी ई -सेवा ,आइ ए मि पे , प्रभु पे भए हुने । त्यो भन्दा पनि अझै डिस्ट्रिब्युटसन नेटवर्कमा हाम्रो आफ्नै टफअप पनि छ । त्यो टफअपमा चाहिँ हामीले डिस्काउन्टहरु पनि दिर्इरहेका छौँ । हामीले आफ्नो डिलर अन्र्तगतको सिम नै निकालेका थियौँ।

उक्त सिम मार्फत् ५० प्रतिशतसम्म छुट गरेर ग्राहकलाई वार्षिक रिचार्ज गर्न प्रोत्साहन गरिरहेका छौँ । यो आउने पनि डिजिटलबाट नै हो । भनेपछि फिजिकल भौचर चाहिँ अब खासै उपयोग हुँदैन जस्तो देखिएको छ।

यहाँहरु त खास डिटिएच को प्ल्येर तर अहिले भर्खरै यहाँहरुले ओटिटी प्लेटफर्ममा पनि आफ्नो सेवा बिस्तार गर्नुभएको थियो । यसको रेस्पोन्स मार्केटमा कस्तो देखिएको छ ?

ओटिटि प्लेटफर्म भनेर डिसहोमको हामीले सुरु गरेका छौँ । यसलाई केहि ग्राहकले हेरीराख्नु भएको पनि छ । तर यसलाई मेरो विचारमा अझै समय लाग्छ जस्तो लाग्छ ।

यो भनेको हामीले जुन प्रसारण गर्ने टेलिभिजन च्यानलहरु छन्। ति च्यानलहरु चाहीँ एउटा स्पेसिफिक इभेन्ट बेसमा हेर्ने भएको भएर र ति कन्टेन्टलाई केहि हदसम्म त सजिलो छ । तर मेरो विचारमा यो ओटिटि प्लेटफर्मको लागि नेपाली कन्टेन्टहरु अझै पुगेकै छैन । धेरै बनाउनुपर्नेछ । त्यसपछि चाहीँ यो प्लेटफर्म ग्रो हुँदै जान्छ । त्यसले यसलाइ केहि समय लाग्ने देखिन्छ । मैले इन्डियामा पनि हेरिरहेको थिएँ ।

अहिलेको यो लकडाउनको पिरियडमा यो ओटिटि प्लेफर्मभन्दा ग्रोथ ट्रेडिसनल लिनियर मै बढी देखिएको छ ।

चालीसौ दिन भै सकेको छ, लकडाउन भएको । अब यो समयमा नेपाली जनताको टेलिभिजन हेर्ने ट्रेन्ड पनि एनलाइसिस भैरहेको होला इन्टरनल्ली कस्तो देख्नुभएको छ ट्रेन्ड ? कुन खाले टेस्ट र डिमाण्ड देखिन्छ नेपाली भ्युअरहरुको ?

ठाउँ अनुसारको टेष्ट फरक छ । शहरी भागमा अलिकति विदेशी च्यानलहरु त्यसमा पनि क्याटागोराइज गर्दा पहिला देखि टेडिसनल हेर्दा शहरी अर्बन र सेमी अर्बन एरियामा अलि हिन्दि बढी हेर्ने । र अलि ग्रामिण तथा सेमी अर्बन मार्केट हेर्‍यो भने नेपाली कन्टेन्ट खोजिरहेको जस्तो मलाई लाग्छ ।

पछिल्ला नेपाली मौलिकतामा आएका कार्यक्रम देखेर त्यतातिर डाइभर्ट हुँदै गएको जस्तो चाहिँ देखिन्छ । तर कन्टेन्ट नै नभएको कारणले अथवा खोजिएको कन्टेन्टको अभावले गर्दा नेपाली च्यानलहरु अलिकति पछाडी परेको हो ।

भविष्यमा यो ट्रेण्ड चेन्ज हुने पनि मैले देखिरहेको छु । किनभने कन्टेन्ट डेभेलपमेन्टमा धेरै जना लागिरहनु भएको मैले देखेको छु । यसको एउटा राम्रो उदाहरण एउटा के पनि देख्न सकिन्छ भने , हामी डिसहोमले पेपर भ्युबाट नेपाली सिनेमा देखाइरहेका छौँ । दुईवटा च्यानलमा हामीले डेडिकेट नै गरेर नयाँ नयाँ सिनेमा देखारहेका छौँ । त्यसबाट राम्रो आम्दानी भइरहेको छ प्रोड्युसरहरुलाई समेत । यो ट्रेन्ड चाहीँ हाम्रोबाट मात्र सफल भएको छ । अन्य ओटिटि प्लेटफर्म लगायतबाट चाहिँ खासै त्यस्तो भएको जस्तो देखिँदैन ।

शहरमा चाहिँ अलि अल्ट्रा अंग्रेजी सिनेमा कन्टेन्टहरु बढी चल्छ । अर्को त्यो पनि डिमाण्ड देखेको छु मैले । फेरि अर्को के छ भने हुन त अवैधानिक हो तर नेटफ्लिक्सहरु, हट स्टारहरु यिनीहरु खुलमखुल्ला अनलाइन मै बेचिरहेको , दराज जस्तो प्लेटफर्म , हाम्रो बजार जस्तो प्लेटफर्ममा देखिरहेको अथवा इमेल नै आईरहेको अवस्था पनि छ । यसलाई एकपल्ट सरकारले पनि हेर्नुपर्ने हो । कि यसलाई वैधानिक रुप दियाएर डिस्ट्रिब्युट गराउन पाउनुपर्ने हो । त्यहि कन्टेन्ट पनि हामीले त्याउन सकियो भने र समग्र बजारलाई हेर्दा नेपाली कन्टेन्ट पनि माग भईरहेको देखिन्छ ।

यहाँले यो जुन स्कुल एजूकेसनको च्यानल भनेर कक्षा ४ देखि १० सम्मलाई जुन सर्भिस दिई रहनुभएको छ । यसलाई अलिकति एक्स्प्लेन गर्दिनुहोस् न । किनभने यहाँ अनलाइन एजुकेसनको कुरा चलिरहेको छ र जुन हाम्रो जस्तो देशको लागि अहिलेको परिस्थितीमा सम्भव देखिँदैन । तर यो तपार्इहरुको प्लेटफर्म बाट चाहिँ १८ लाख घर परिवारको रेञ्जमा पुग्न सक्ने देखिएको छ । जुन बरु बेस्ट अप्प्रोच हुनसक्छ । डिस्टेन्स लनिर्ङको कन्सेप्ट्मा यो कसरी गर्दै हुनुहुन्छ यसको रेस्पोन्स कस्तो छ ?

यसको रेस्पोन्स एकदम राम्रो छ । तर हामीले गर्ने भनेको हाम्रो यो एक किसिमको प्रयास मात्र हो । यो भन्दा अगाडी पनि २०१३ र २०१४ देखि जस्तो लाग्छ त्यस समय एस एल सी थियो । एस एल सी र एस इ इ लाई टार्गेट गरेर अंग्रेजी , विज्ञान र हिसाबलार्इ नेपाली स्लेबस अन्तर्गत यस्तै प्रसारण गरिरहेका थियौँ । त्यसमा पनि राम्रो रेस्पन्स थियो । त्यतिबेला विद्यर्थीहरुले त्यसलाई एउटा सप्लिमेण्टका हिसाबमा प्रयोग गरिरहनुभएको थियो ।

अबको समयमा एउटा च्यालेञ्जिङ्ग के छ भने यो सप्लिमेन्ट हैन । यसलाई नै मुख्य मिडियम बनाउनुपर्ने एउटा आवश्यकता छ । मैले शिक्षा मन्त्रिज्यूसँग पनि कुरा गरेको थिएँ । हेर्नुस् यो लकडाउनको क्रममा सबैभन्दा अन्त्यमा खुल्न्ने भनेको शैक्षिक संस्था नै हो । यो कोभिड १९ को सवालमा र भविष्यमा यसकै अन्य रुप लगायत यस्ता समस्याका निम्ति अहिले नै सोच्नुपर्ने जरुरी छ ।

यसलाई राम्रोसँग म्यानेज गर्ने भनेको हामीमात्र भन्दिन म, हामीले त सुरुवात गर्‍यौँ । तर सरकारले नै सोच्दा चाहीँ एउटा स्फेसिफिक टाइम नै बनाएर बिद्यार्थीलाई स्कुल नै गएको जस्तो वातावरण बनाएर बिद्यार्थीहरुले त्यो समयमा टेलिभिजनबाटै एजुकेसन लिने वातावरण बनाउने हुनुपर्छ। शिक्षा मन्त्रालय अन्तर्गत जति पनि शिक्षकहरु हुनुहुन्छ वहाँहरुले त्यो नेटवर्कलाई प्रयोग गरेर शिक्षक र यो एजुकेसन नेटवर्कलाई युटिलाइज गर्ने हो भने चाहीँ सम्भव देखिन्छ । अनलाइन क्लासेस भनेर खाली यो उपत्यकामा भएका प्रि स्कुलहरु वा इन्टरनेट एक्सेस भएको र फेरि राम्रो इन्टरनेट एक्सेस चाहिन्छ । अनि सबैसँग ल्यापटप चाहिनेभयो ।

विद्यार्थीसँग एउटा एउटा ल्यापटप हुनुपर्यो । यी कुराहरु छन् । स्मार्ट फोनबाट मात्र पनि सम्भव छैन । यो अनलाइन इन्टरनेटलाई युटिलाइज गर्ने भनेको आजको दिनमा एकदम डिफिकल्ट छ । समय लाग्छ त्यसको लागि ।

अहिलेको लागि चाहि यस्तो खाले टुल्सलाई एउटा स्फेसिफिक समय बनाएर यति देखि यति बजेसम्म यो आउँछ । यसलाई पढ्ने र त्यसलाई निरीक्षण गर्ने चाहीँ जो सम्बन्धित शिक्षक हुनुहुन्छ । उहाँहरुले नै कोडिनेट गरेर अगाडी बढाउन सक्ने यस्तो खाले वातावरण बनाउन सकियो भने यसको इफेक्टिपनेस बल्ल आउँछ ।

यसको कन्टेन्ट त निकै सिरियस इस्यु हुनसक्छ, यो त पोलिसी लेबलबाट नै पारित हुनुपर्ने कुरा हो । यसलाई कसरी मिलाउनु भएको छ ? शिक्षा मन्त्रिको रेस्पोन्स कस्तो छ यसमा ?

डियरवाक पनि शैक्षिक इन्स्टिट्युट नै हो । यसलाई एउटा सी एस आर कै रुपमा उहाँहरुले डेभलप गर्नुभएको हो । अब यसमा अहिलेको सन्दर्भमा त एक किसिमले हामीले पनि प्रसारण इन्करेजमेन्टको लागि सजिलो होस् भएर स्पेस दिएको हो ।

शिक्षा मन्त्रिज्यूको सोचाइमा पनि यो कुरा आएको छ । त्यहि भएर पनि उहाँहरुले बोलाउनुभएको हो । हामी मात्र हैन कि,अरु केवल प्रदायक पनि सबै गएका थियौँ । त्यहाँ हामीले प्रस्तावको लागि हामी बोर्डकास्ट गर्न सक्छौँ ।

हामीसँग बोर्डकास्टको त्यति सारो लिमिटेसनहरु छैन । अब प्रश्न शिक्षामन्त्रालयले अथवा सरकारले के र कसरी चाहन्छ को मात्रै हो । त्यसमा हामिले भरपुर सहयोग गर्छौ भनेर हामी आएका छौँ । मेरो विचारमा उहाँहरु अध्ययन गर्दै हुनुहुन्छ । आफैँ डेभलप गर्ने कि भईरहेको कन्टेन्टलाई युटिलाइज गर्ने कि ? लाइभ प्रोग्राम गर्ने कि ? शैक्षिक नेटवर्कलाई पनि कसरी युटिलाइज गर्ने यस्तो कुरामा अध्ययन पनि गर्दै हुनुहुन्छ । मेरो विचारमा ढिलो चाँडो उहाँहरुले पनि केहि न केहि ठोस योजना ल्याउनुहुन्छ।

डिसहोमले इन्टरनेट सर्भिस प्रोभाइडरको लाइसेन्स पनि भर्खर भर्खर पाएको थियो र तिव्र तयारी गरिरहेको थियो । लकडउनले सबै एक्जुकेसन प्लानमा कस्तो असर पारेको छ ?

यसो भयो इन्टरनेट चाहिँ हामीले सुरु गर्‍यौँ । केहि एरियामा काठ्माण्डौको एरियामा हामीले सुरु गरिसकेका छौँ ।

सबै ठाउँमा नभए पनि केहि ठाउँमा यो वायर बेस नै हो । इन्स्टल गरेर सेल्समा नै गरिसकेको थियौँ । एक साता नहुँदै यो लकडाउन भयो त्यहि पनि हामीले कोहि नजिकको ग्राहक कसैले चाहनुभयो भने गरिरहेका छौँ । फेरि ठाउँ पनि एकदम लिमिटेड भयो । एक्स्पान्सन गर्न पाइएन । तर जुन लिमिटेड ठाउँमा छ त्यसलाई गरिरहेका छौँ । नम्बर नै भन्ने अवस्था त छैन । अब यसलाई सेट ब्याक नै नभनौ । यो ‘कोभिड- १९’ ले निम्त्याएको महामारीपछी अगाडी बढ्न समय चाहीँ पायौँ ।

तपाईहरु त डीटीएच सर्भिस प्रोभाईडर, किन फेरी यो अचानक टफ कम्पिटीसन भएको र इन्टरनेट सर्भिस जस्तो अर्को एक्स्ट्रिम टेक्नो जोनमा पेनिट्रेट गर्नु परेको ? 

हामीले हेरेको कस्तो हो भने एउटा त इन्टरनेट मार्केटमा अझैपनि एक्स्पान्ड गर्ने ठाउँहरु थुप्रै छन्। ग्राहकको नम्बर संख्या नै हेर्नुहुन्छ भने होम इन्टरनेट युजरस पहुँचमा पुगेकै छैन । त्यसलाई पनि रिच गर्ने भन्ने एउटा हो । फेरि कस्तो भने हामी जहाँ पनि पुग्छौँ । जहा पुगेका छौँ । जहिले पनि ग्राहकहरुले हामीलाई चाहिँ इन्टरनेट ल्याइदिनुहोस् न । हामीलाई सजिलो हुने थियो भन्ने भएको भएर यसलाई कम्बाइण्ड प्याकेजमा जान सकिन्छ भन्ने सोचेर नै इन्टरनेटमा हामीले लगानी गरेका हौँ ।

यो लक्डाउनको पिरियड छ । अलिकति समय गाह्रो छ । हामीलाई मात्र हैन । संसारभरि नै गाह्रो परेको बेलामा यो छुट्कारा पछि पनि केहि समय चाहीँ अफ्ठ्यारो हुन्छ । तर अफ्ठ्यारो हुँदाहुँदै पनि कहिलेकाहीँ चाहिँ यहि अफ्ठ्यारो कुराबाट नयाँ कुराहरु निस्कनेछन् ।

हिस्टोरिकल्लि हेर्‍यो भनेपनि वर्ल्ड वार २ पछि अमेरिका सुपर पावर देशका रुपमा विकास भएको हो । हामी सुपर पावर त हैन । नेपालमा यस्तो अफ्ठ्यारो अवस्था छ । यसमा अलिकति इनोभेटिभ रुपले नयाँ सोँचमा हामीले काम गर्न सक्यौँ । सरकारले पनि उद्यमशीलतालाई अलिकति इन्करेज गरिदियो संकुचितभन्दा पनि खुल्लोरुपले हेरिदियो भने नेपालमा धेरै अवसर छ । एकदम युवा पुस्ताको देश भएका कारण म एकदम आशावादी छु ।

यहाँ धेरै काम गर्न सक्ने अवस्था छ । डिसहोम एउटा मिडियम हो हामीले पनि एकदम नयाँ नयाँ कुरा गरिरहेका हुन्छौँ त्यस्तै अरुले पनि सानो सानो काम पनि गरेर यो कोरोनाको संकट पछाडी चाहिँ हामीले एक्स्ट्रा इफोर्ट लगाएर हामी पनि कन्टिन्यू गरिरहन्छौँ । र सबैजनाले निरन्तर केहि न केहि नयाँ गरौँ भन्ने मेरो चाहना छ ।

***

प्रतिक्रिया दिनुहोस