नागढुङ्गाबाट लागुऔषधसहित साह पक्राउ

काठमाडौँ, २८ माघ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित नृपकुमार साहलाई आज बिहान पक्राउ गरेको छ प्रभागका प्रमुख केशवराज भट्टले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा४ख ६५९६ नंको यात्रुवाहक बस जाँचका क्रममा ९०० एम्पुल लागुऔषधसहित बहोदरामाई नगरपालिका पर्साका २२ वर्षीय साहलाई पक्राउ गरिएको जानकारी दिए अभियुक्त साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको प्रभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?