घनले हानेर छिमेकीलाई घाइते बनाएपछि…

काठमाडौं । सोलुखुम्बुमा घनले प्रहार गरी छिमेकीलाई घाइते बनाएको अभियोगमा महाकुलुङ गाउँपालिका-१ साब्दी बस्ने ३० वर्षीय युबराज बस्नेतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

युबराजले सोही ठाउँ बस्ने २८ वर्षीय पुरुषलाई गोठ नजिकै जम्मा पारी राखेको पत्करमा आगो लागेको बिषयमा बिबाद भई घनले टाउकोमा प्रहार गरी घाइते बनाएपछि प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले युवराजलाई पक्राउ गरेको थियो । घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र सोताङ पठाइएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस् : श्रीमतीको हत्या गरेर जंगलमा गाड्ने श्रीमान पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?