माथिल्लो कर्णालीको कार्यालयमा अज्ञात समूहद्वारा बम विष्फोट

सुर्खेत, २८ माघ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आनयोजनाको आर्यालयमा बम विष्फोट भएको छ माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्णको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा शनिबार राति १० बजे अज्ञात समूहले विष्फोट गराएको हो अज्ञात समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । उक्त बम विष्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको प्रहरीले बताएको छ त्यस्तै, जिएमआरको कार्यालयको सुरक्षामा खटिएका प्रहरीले भने, बम विष्फोट पछि के भयो केही थाहा नपाएको बताए घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?