२०७४, ३ आश्विन मंगलवार १०:४१

राजबिराजबाहेक १३५ वटा स्थानीय तह मतगणना जारी


प्रकाशित मिति : २०७४, ३ आश्विन मंगलवार १०:४१

काठमाडौं, असोज ३ ।प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी रहेको छ ।निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको छ । राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजबिराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस