कोरोना भाइरस : मेची राजमार्गका बजार क्षेत्र अनुगमन

काठमाडौं । पाँचथर जिल्लाका केहि स्थानमा कोरोना भाइरस (कोभिड १९) को खतरा बढ्ने जनगुनासो आएपछि जिल्ला प्रसासनले मेची राजमार्गमा अनुगमन गरेको छ । जिल्ला प्रसासन कार्यालय पाँचथरले जिल्लाका मेची राजमार्गको आसपासका बजार तथा केहि क्वारेन्टाइन स्थलको अनुगमन गरेको छ ।

राजमार्ग साथै आसपासकाका पसलहरुबाट कोरोना भाईरसको संक्रमण फैलने जोखिम बढेको जनगुनासो बढेसँगै प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माको टोलीले अनुगमन गरेको हो । केहि दिन यता जनस्तरबाट लकडाउनको समयमा मालबाहक तथा अन्य सवारिसाधन बढी गुड्न थालेसँगै राजमार्गका खुद्रा पसलबाट कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने जनगुनोसो आएका कारण अनुगमन गरीएको जिल्ला प्रसासन कार्यालय पाँचथरले जनाएको छ ।

अनुगमनमा राजमार्गमा गुड्ने सवारीहरुको पास चेकजाँच गरीएको प्रजिअ शर्माले जानकारी दिए । बाहिरी जिल्लाबाट आएका सवारी र चालक, सह–चालकसँग असुरक्षित रुपमा भेटघाट भएका पसल संचालक र उपभोक्ताबीच असुरक्षित भेटघाट हुने गुनासो आएको उनले बताए ।

मेची राजमार्गले फाल्गुनन्द गाउँपालिकाको राँके बजार देखि सुरु भएर ताप्लेजुङसँग सिमा छुट्टिने काबेली नदिसम्म छोएको छ । हाइवेमा सुरक्षा सतर्कता नअपनाउदा कोरोना भाईरस संक्रमणको उच्च जोखिम हुन सक्ने भएकाले सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

यसैबीच अनुगमन टोलीले हिलिहाङ्ग गाउँपालिकाको श्रीजङ्गा, सिद्धेश्वरी मा.वि. र याङवरक गाउँपालिकाको थर्पू मा.वि.को क्वारेन्टीन स्थलको पनि अनुगमन गरिएको छ । अनुगमनका क्रममा क्वारेन्टीनमा रहेका मानिसहरुको अवस्था र उनीहरुको व्यवस्थापनमा पालिकाले गरेका कार्यका लगायतका विषयहरुमा प्रजिअ शर्माले बुझेका थिए ।

अनुगमन पश्चात प्रजिय शर्माले त्यस्तो कुनै खतरा नरहेको प्रतिक्रिया दिए । अनुगमनसँगै जनस्तरमा सबैलाई सचेत रहन आग्रह गरीएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?