फोरम र राजपाबीच मन्त्रालय बाँडफाँड

काठमाडौँ, २८ माघ- प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको सरकार बन्ने भएको छ । बबरमहलस्थित राजपाको पार्टी कार्यालयमा शनिबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालय समेत बाँडफाँड गर्दै सरकार गठनबारे लिखित सहमति गरेको छ फोरमले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र राजपाले सभामुखसहित तीन मन्त्रालय लिएर प्रदेश सरकार चलाउने सहमति भएको राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले बताए, नयाँ पत्रिकामा खबर छ  केही दिनअघि जनकपुरमा भएको दुई दलका शीर्ष नेताहरूको वार्तामा मिलेर सरकार बनाउन सहमत भए पनि पदमा भागबन्डा मिल्न सकेको थिएन । बैठकमा मुख्यमन्त्रीमा आलोपालो गर्नुपर्ने राजपाले राखेको प्रस्ताव फोरमले अस्वीकार गरेपछि सहमति हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?