लकडाउनमा बढ्यो अण्डाको मूल्य

काठमाडौं । लकडाउनका बेला अण्डाको मूल्य बढेको छ । केही समय अघि ढुवानीमा भएको अलमलका कारण प्रतिक्रेट १५० रुपैयाँसम्म झरेको थियो । तर अहिले प्रतिक्रेट २७० सम्म पुगेको व्यवसायीहरु बताउँछन् । व्यापारीहरुले फार्मबाट प्रतिक्रेट २७० रुपैयाँमा उठाउने गरेको व्यवसायीहरुले बताएका छन् ।

लकडाउनका कारण बिगत १ महिना भन्दा बढी समयदेखि घरमा बसिरहेका छन् । यस अवस्थामा झन अण्डाको भाउ बढेको छ । व्यवसायीहरुको अनुसार पहिले पहिले थोरै मात्र अण्डा खपत गर्ने मानिसहरु अहिले भने क्रेटमा नै किन्न थालेका छन् ।

तर लकडाउनको कारण दाना उत्पादन तथा ढुवानीमा समस्या आएको छ । जसको कारण अण्डा उत्पादनमा पनि कमि आएको व्यवसायीहरुको गुनासो छ ।

अण्डाको मुख्य बजार काठमाडौं हो । अहिले होटल, पार्टी प्यालेस बन्द भएसँगै सभा–सम्मेलन केही भएका छैनन् । अहिलेको अधिकांश खपत घरमा बस्नेहरुले नै गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?