काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ । गएको २४ घन्टाभित्र ६ सय २१ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘द गार्जियन’ले उल्लेख गरेको छ । त्यस्तै गएको २४ घन्टामा ४ हजार ८ सय ६ जनामा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म बेलायतमा ११ लाख २९ हजार ९ सय ७ जनामा कोरोना परिक्षण गरि सकिएको छ । सरकारले गरेको घोषणा अनुरुप शुक्रवार मात्र बेलायतमा १ लाख ५ हजार ९ सय ३७ जानामा कोरोनाको परिक्षण गरिएको थियो बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनामा कोरोना पोजिटिभ देखिएको छ ।
अहिलेसम्म अस्पतालमा कोरोनाबाट संक्रमित १४ हजार ६ सय ९५ जना अस्पतालमा उपचारार्थ रहेका छन् । कोरोनाको संक्रमणबाट बेलायतमा मात्र तीन दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।
जसमध्य आधाजस्तो पूर्व गोर्खा सैनिकहरु रहेका छन् । कोरोनाको संक्रमणबाट विश्वभरीमा हालसम्म २ लाख ४० हाजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ ।
सबैभन्दा बढी मृत्यु हुने मुलुकमा रहेको छ भने इटाली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म तेस्रो स्थानमा रहेको बेलायतको मृतक संख्या इटालीको हाराहारीमा रहेको छ ।
यसरि हेर्दा विश्वभरिमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मुलुकमा बेलायत दोस्रो स्थानमा र युरोपमा पहिलो स्थानमा हुने निश्चित छ ।
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?
कोरोना महामारीका बीच चीनले गर्यो शक्ति प्रदर्शन, विश्वमा फैलियो त्रास
लकडाउन असर : भोकले तड्पिरहेका बच्चालाई खुवाउन आमाले पकाईन् ढुङ्गा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया