काठमाडौं । अन्नपूर्ण आधार शिविर क्षेत्रको हिङ्कु पहिरोमा हराएकामध्ये शुक्रबार फेला परेका एक कोरियन र एक नेपाली नागरिकको शव काठमाडौं पठाइएको छ ।
गत माघ ३ गते पदयात्राका क्रममा हिमपहिरोमा हराएका सात जनामध्ये एक कोरियन र एक नेपाली गरी दुई जनाको शव शुक्रबार नेपाली सेनाको पोखरास्थित नेपाली सेनाको सेकेन्ड रेञ्जर बटालियनले फेला पारेको थियो ।
शुक्रबार फेला परे पनि मौसमको प्रतिकूलताका कारण शव आज मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । पोखराबाट शव आजै काठमाडौं पठाइएको पर्यटक प्रहरीले जनाएको छ ।
पहिरोमा हराएकामध्ये अन्य दुई जना नेपाली पर्यटक गाइड र तीन जना कोरियन नागरिकको शव यसअघि नै फेला परिसकेको ट्रेकिङ एजेन्सिज एशोसिएन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया