विदेशी महिला मृत भेटिइन्, कसरी भयो यस्तो ?

पोखरा, २७ माघ – कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ११, छुमरुङ नजिकै सिन्ह्वामा एक विदेशी महिला मृतावस्थामा फेला परेकी छन् अन्नपूर्ण बेसक्याम्पबाट फर्कने क्रममा माघ २६ गते सिन्ह्वा गेष्ट हाउसको कोठा नं ३ मा बास बसेकी राहदानी नं १७ एटी ९०६०२ की फ्रान्सेली नागरिक ३२ वर्षीय लाउरी मारा युटी टिजानकोभ नेडेव आज बिहान मृतावस्थामा फेला परेको ४ नं प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ थप अनुसन्धानका लागि शव फिस्टेलको हेलिकप्टरबाट आजै काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?