कञ्चनपुरको पुनर्वास-बेलौरीमा कयौ सीमा स्तम्भ गायब

-किशोर  तामाङकञ्चनपुर ,माघ २७-भारतीय सीमासंग जोडिएका नेपालका विभिन्न भागहरुमा सीमा विवाद यथावत रहेको छ । विवाद समाधान गर्न नेपाल र भारत विच दुई देशको सिमा अद्यावधिक गर्ने कार्य लामो समय देखि चल्दै आइरहेको छयस्तै कञ्चनपुरको आनन्द बजारको नेपाली भूमिमा गत फागुन २६ गते कल्भर्ट बनाउन भारतीय पक्ष रोकेको थियो । सो विवाद चर्कदै जाँदा भारतीय सुरक्षाकर्मीले हानेको गोलिले पुनर्वासको एकजना सर्वसाधारण गोविन्द गौतमको हत्या भयो । विवाद टुङ्गो लगाउन भनी गत बर्ष निर्मल आचार्यको नेतृत्वमा नेपाल-भारत सयुक्त सीमा सर्वे गर्न आएको सर्वेटोलीले नापेको नक्सामा भारतीय पक्षले हस्ताक्षर गर्न नमाने पछि बिना निष्कर्ष रातारात उक्त सर्वेटोली फर्किएको थियो भारतले रातारात एकतर्फीरुपमा नेपाली क्षेत्रमा सिमा स्तम्भ खडा गर्दा सरकार मौन रहेको स्थानीयवासीहरुले आरोप लगएका छन । दिनापुरको थापा चोक नजिक कल्भर्ट ठडाई भारतिय एस.एस.बीले सिमा स्तम्भ बनाउदा पनि यहाँका सरोकारवाला गम्भीर नभएको ,बेलौरी न.पा २ वडाध्यक्ष कलबीर चौधरी बताउछन् चुनावी दौरानमा भोट बटुल्न ठूल्ठूला कुरा गरि अश्वासनको पोको बाडन भ्याएका जनप्रतिनिधिहरु हाल आएर आनन्द बजारवासीको भावना विपरित सिमा निर्धारण गर्ने काममा पहल गर्न छाडेर आपसमा आरोप प्रत्यारोप गरिरहेका छन । जनप्रतिनिधिहरुले यहाँको भारतीय एसएसबीको ज्यादती सदाको लागि रोक्न २०० नम्बर पिल्लरको वास्तविकता निर्धारण गरि पुनर्वासी दक्षिण बेल्टका जनताहरु र शहिद गोविन्द गौतमलाई न्याय दिनु पर्ने पुनर्वास न.पा ४ का बसुन्धरा बस्नेतले जिकीर गरे यस भेगको भारतीय ज्यादती अन्त्य गर्न यहाँ स्थायी नाका खोल्नु पर्ने, यहाँका विवादित सिमा स्तम्भहरुको सहि निर्धारण हुनुपर्ने त्यसपछि मात्र नाका खुल्ने विगत ३० बर्ष देखी बसोबास गर्दै आएका आनन्द बजार सुकुम्वासी टोलका ६५ बर्षे दान बहादुर शाहीले बताए हाल पुनः यस क्षेत्रमा कैलाली देखि दार्चुला ब्रम्हदेव सम्मको सिमा विवाद टुंगो लगाउन भन्दै गत एक महिना देखी पुनर्वासको डोके बजार देखी सिमा स्तम्भ रेक्की गने कार्य तिब्र रुपमा भईरहेको छ । सो संयुक्त टोली हाल आनन्दबजार क्षेत्र हुदै महाकाली नगरपालिका पुगी सकेको छ तर यहाँका जनप्रतिनिधिले सो कार्य बारे कुनै चासो देखाएको छैन । पिल्लर नं. २०५ सम्म पुग्दा निकै पिल्लरहरु मिसीङ भेटिएका छन भने कयौ अस्वाभाविक बिना नम्वरका पिल्लरहरु समेत फेला परेको छ । सिमावर्ती कञ्चनपुर पुनर्वास-बेलौरीका नेपाली जनताहरु भारतीय पक्षले रातारात नयाँ पिल्लर बनाई आफ्नो जग्गामा गाडिदिदा आक्रोशित बनेका छ्न नेपालको भुगोल प्रतिको भारतीय गिद्दे नजर राख्ने प्रवृति अन्त हुनुपर्ने स्थानीयवासीहरुको भनाइ छ । जुन जोगी आए पनि कानै चिरेका भने जस्तै जुन सरकार आए पनि भारतको शरण पर्ने प्रवृतिले गर्दा नै भारतले नेपाललाई हेपेको र सरकारको कार्यशैली देख्दा सिमावर्ती जनताहरु वाक्क दिक्क भएको बेलौरी न.पा. गोकूलपुर निवासी लव बहादुर शाहीले गुनासो गरे हाल भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अन्य खुला नाकाहरुमा निर्बाध आवतजावत गर्न दिएपनी गत फाल्गुनबाट आनन्दबजार नाका भने ठप्प छ भारतले हराएको सिमा स्तम्भ २०० नं. कल्भर्ड नजिक रहेको रुखलाई मानी आएको, उसले कल्भर्ट पनि आफ्नो भनी दावी गरिरहेको , आनन्द बजार नजिक काक्रे खोलामा नेपाली लालपुर्जा भएको जमीन समेत उपभोग गर्न नदिनु ,यस्तो हुदा समेत सरोकारवाला निकाय मौन रहनु र भारतीय ज्यादती विरुद्ध बोल्न नसक्नु र अब सरकारले केही गरेन भनेर युवा जमात चुप लागेर नबस्ने आनन्द बजार टोलका स्थानिय युवा बसन्त न्यौपानेले आक्रोस पोखे हाल नेपाल सरकार र भारत सरकारको संयुक्त सर्भे टोलीले रेक्की गर्ने क्रममा धेरै पिल्लर हराएकोमा केही फेला परेको र अस्वभाविक सिमा स्तम्भ समेत भेटिएकोले यसको रिपोर्ट केन्द्रमा पठाउने कैलाली कञ्चनपुर सिमा सर्भे टोली सदस्य पुर्ण ब.खडकाले बताए नेपाल सरकारले सिमा व्यवस्थापनको लागि भारत सरकारसंग सहि तरिकाले पहल गर्न नसक्नु, भारतलाई दवाव दिन नसक्नुले भारतले हालसम्म नेपाली भूमी कब्जा गरेर बसेको बुद्धिजीवीहरु बताउछन् स्मरण रहोस्, यस अघि आएको टोलीले साबिक सिमा स्तम्भ १९८ फर्जी भएको र २०० नं. मिसीङ पिल्लर रुख नभई त्यो ठाँऊ भन्दा ५०० मिटर दक्षिण तर्फ नेपाल भारत सिमा लाइन भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?