देउवाले भने- सरकार संविधान कार्यान्वयनमा सफल भयो

दार्चुला, २७ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनमा पूर्णरुपमा सफल रहेको बताउनुभएको छ दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाचमा निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले संंविधान कार्यान्वयन गर्ने अभिभारा पूरा गरेको र अगामी दिनमा देशको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो नेपाली काँग्रसेका सभापति एवं प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरी सङ्घीय गणतान्त्रिक संविधान कार्यान्वयन गर्नमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो उहाँले सुदूरपश्चिममा देशकै सबैभन्दा बढी जलविद्युत् उत्पादन हुने क्षमता भएकाले यस क्षेत्रमा जलविद्युत्को प्रचूर विकास गर्न सबै पक्षको सहयोग आवश्यक भएको बताउनुभयो उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले ऊर्जा क्षेत्रबाट नै देशको विकास हुने बताउनुभयो । चमेलिया जलविद्युत् आयोजना ७ नं प्रदेशकै ऊर्जाको ढोका भएकाले अब यस क्षेत्रमा लगानी वृद्धि हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो सरकारी स्तरबाट प्रदेश नं ७ मा निर्माण सम्पन्न भएको यो पहिलो जलविद्युत् आयोजना हो । ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको हो निर्माण शुरु भएको झन्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन गरेको हो । जलविद्युत् आयोजनाको निर्माणसँगै स्थानीयमा विकास निर्माणदेखि रोजगारीमा ठूलो फाइदा पुगेको छ । आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा ६ वर्ष बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागत समेत बढेको हो । आयोजनाको दुईवटै युनिटबाट १५÷१५ गरी ३० मेगावाट बिजुली उत्पादन भइरहेको छ आयोजनाले दार्चुलाको बलाचबाट कैलालीको अत्तरियासम्म १३१ किलोमिटर लम्बाइको प्रसारण लाइनसमेत निर्माण गरेकाले यहाँको उत्पादन सिधै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ  । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको यो आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लागत पुगेको छ । आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?