२१ जेष्ठ २०८०, आईतवार

पुरुषका लागि मज्जा हुने सेक्स, महिलाका लागी किन अपराध ? : बलिउड नायिका कंगना

२०७४,आश्विन,३,मंगलवार १०:२७

9
Shares

एजेन्सी,कंगना रनौतलाई बलिउडकी निडर र बिन्दास नायिकाको रुपमा लिइन्छ । उनी हरेक मुद्दामा सटिक विचार व्यक्त गर्छिन् ।सेक्सिजम, फेमिनिज्म र नेपोटिज्ममा कंगना निकै खुलेर बयान दिन्छिन् । केही समय अघि कंगनाले एक कार्यक्रममा फैलिएको पुरुष प्रभुत्व मुद्दालाई उठाएकी छिन् । उनका अनुसार फिल्मी क्षेत्रमा महिलालाई पुरुषभन्दा कम दर्जा दिइन्छ । ‘बलिउडमा महिला र पुरुषलाई दोहोरो दृष्टिकोणमा हेरिन्छ ।’ कंगनाले उदाहरण दिँदै भनिन्, ‘केही यस्ता कुरा छन् जो पुरुषले गरे त्यसमा कसैलाई आपत्ति हुँदैन र त्यहि काम यदि महिलाले गरिन् भने पूरा हल्लाखल्ला मच्चिन्छ । महिला र पुरुषबिच एक सीमा कोरिएको छ ।’कंगना थप्छिन्, ‘पुरुषका लागि सेक्स गर्नु एक मज्जा हो, यस्तै महिलाका लागि यो अपराधसमान मानिन्छ । ग्ल्यामरको दुनियाँमा पनि यस्तै दृष्टिकोण छ । यदि छोरा प्लेब्वई छ भने कसैलाई कुनै आपत्ति छैन । यस्तै छोरीले बिकिनी लगाइन् भने त्यसमा रोक लगाइन्छ ।’ केही समय अघि कंगना रनौतको फिल्म सिमरन रिलिज भएको छ । फिल्मले पहिलो विकेन्डमा १०।६५ करोड भारुको कमाई गरेको छ । यसमा कंगना एक चुल्बुले र बिन्दास गुजराती महिलाको भूमिका निभाइरहेकी छिन् । फिल्मलाई हंसल मेहताले निर्देशन गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १०:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र

काठमाडौं । नार्कोटिक्स कन्ट्रोल ब्यूरोको मुम्बई जोनलका पूर्व निर्देशक समीर वानखेडेलाई ज्यानमार्ने धम्की आएको छ । पूर्व निर्देशक वानखेडे घुसखोरी

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने

काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१