घरमा एकाएक आगलागी हुँदा ३ अबोध बालिकाको मृत्यु

रसुवा, २७ माघ – दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ मा आज स्थानीय वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ स्थानीय धनबहादुर मोक्तानको घरमा आज दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ घरमा ती बालिका मात्र भएका बेला आगलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ आगलागीबाट घरमा भएका सरसामान समेत जलेर नष्ट हुँदा रु तीन लाख बराबरको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?