धनगढी, माघ २७–प्रदेश ७ को सभामुखमा सांसद अर्जुनबहादुर थापाको एकल उम्मेदवारी परेको छ । एमालेको तर्फबाट बझाङ प्रदेश सभा ‘क’ बाट निर्वाचित सांसद थापा सभामुखका लागि आज भएको मनोनयनमा थापा बाहेक अन्य कसैको पनि उम्मेदवारी परेन अरुको उम्मेदवारी नपरेपछि सांसाद थापा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । प्रदेश संसद सचिवालयले आज दिउसो १ बजेदेखि ५ बजेसम्म सभामुखको लागि उम्मेद्वारी दर्ताको समय तोकेको थियो एमालेका सांसद तथा कैलाली अध्यक्ष दीर्घ सोडारीको प्रस्ताव र प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्टको समर्थनमा थापाले मनोनयन दर्ता गराउनुभएको हो सभामुखको उम्मेद्वारी दर्ताका लागि तोकिएको अवधिमा थापा बाहेक एमालेबाट अन्य कसैले पनि उम्मेद्वारी दर्ता नगरेको ससद सचिवालयका कानुन अधिकृत तेजप्रकाश जोशीले बताए थापालाई सभामुखमा निर्वाचित भएको घोषणा भने माघ २९ गते दिउसो १ बजे प्रदेश सभाको बैठकले गर्ने छ आजै नै बेलुकी साढे ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । यस्तै, सभामुखमा एक उम्मेदवारी परेपछि थापाले सात नम्बर प्रदेशको विकासका लागि सत्तापक्ष र प्रतिपक्षसंग समन्वय गरेर अगाडि बढ्ने बताएका छन् यस्तै, माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दावी विरोधमाथि छानविन गरिने, २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ बामगठबन्धनको पूर्वसहमतीअनुसार प्रदेश नम्बर ७ मा सभामुखको जिम्मेवारी एमालेको भागमा परेको छ । मुख्यमन्त्री भने माओबादी केन्द्रको भागमा परेको छ । माआबादीले मुख्यमन्त्रीका लागि त्रिलोचन भट्टलाई सिफारिससमेत गरिसकेको छ थापाको राजनीतिक यात्राबझाङको खप्तडछान्ना गाउपालिका(२ मा २०१२ माघमै जन्मिएका थापाले २६ वर्ष शिक्षण पेशमा बिताए। भूगोल र अर्थशास्त्र विषयमा स्नातक गरेका थापाले बझाङकै खप्तड मावि, लामातोला मावि र दुर्गाभवानी माविमा २६ वर्ष अध्यापन गराएका हुन् । २०२८ सालमा एसएलसी गरे लगत्तै उनले गाउँको विद्यालयमा अध्यापन सुरु गरे। २०३६ सालमा उनी नेपाल राष्ट्रिय शिक्षक संघको बझाङ जिल्लाका संस्थापक सह(सचिव हुन्। २०३६ सालको जनमत संग्रहमा उनले बहुदलको पक्षमा प्रचार प्रसार सुरु गरेका थिए। उनी २०४७ सालको नेकपा माले बझाङका संस्थापक सदस्य हुन । २०५६ सालको आम चुनावमा थोरै मतले पराजित थापाले २०५५ सालमा अध्यापन छोडेर सक्रिय पार्टी राजनीतिमा आएको बताए। २०६२ सालमा पार्टीको संगठन प्रमुख सचिव हुने बेला उनी बझाङ जिल्ला सचिव र २०६६ सालमा पार्टीको जिल्ला अध्यक्ष भए। नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल बुद्धिजीवी परिषद हुँदै उनी अहिले नेकपा एमालेको प्रदेश नम्बर ७ का प्रदेश कमिटी सदस्य हुन् । उनले विश्व कम्युनिष्ट आन्दोलनको एक झलक विश्व नेपाल बझाङ भनेर पुस्तक पनि प्रकाशित गरिसकेका छन्। कम्युनिष्ट आन्दोलनलाई बझाङसँग जोडेर उनले पुस्तकमा बझाङको परिवेश लेखेका छन्। यस्तै उनको अर्को ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवाद पुस्तक पनि प्रकाशित गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया