काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले शुक्रबार निकालेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी-ट्वान्टी दुवैमा यथावत रहेको हो ।
एकदिवसीयमा नेपाल १६ औं स्थानमा रहेको छ । नेपालले १८ रेटिङ अंक पाएको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि ओमान, स्कटल्याण्ड र नेदरल्यान्ड्स रहेका छन् । एकदिवसीयमा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
यस्तै टी-ट्वान्टीमा नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले १ सय ८० रेटिङ अंक पाएको छ । नेपालको टी-ट्वान्टीमा ११ औं सर्वाधिक उच्च वरीयता हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया