९ जेष्ठ २०७९, सोमवार

नयाँ बसपार्कमा प्रहरी आतंक : १५ महिने शिशु पनि हिरासतमा

२०७४,आश्विन,३,मंगलवार १०:०५

0
Shares

काठमाण्डौं, ३ असोज ।गृहमन्त्रीको ठाडो निर्देशनमा महानगरिय प्रहरी प्रभाग गाेंगबुको नेतृत्व सम्हाल्न प्रहरी निरिक्षक हरिहर सुनुवार नयाँ बसपार्क हाजिर भएको एक महिनापनि बितेको छैन । तर शान्तिसुरक्षा भन्दापनि केही त्रासको वातावरण सिर्जना बढी भएको पाईन्छ । होटल रेष्टुराँमा अनुसन्धानको नाममा प्रहरी छिर्ने र निशुल्क मदिरा सेवन गर्ने अनी त्यहीका मानिसलाई नियन्त्रणमा लिने गरेको नाम नबताउने सर्तमा एक दोहोरी सञ्चालक बताउछन् । हुन त सुनुवार आफुलाई कडा प्रहरी अधिकृतको दर्जामा उभ्याउन अभ्यस्त छन् । र उनलाई प्रत्यक्ष निर्देशन महानगरिय प्रहरी बृत महाराजगञ्जले दिने हो । महाराजगञ्ज बृत प्रमुख योगेन्द्रसिंह थापाले स्थानीय कमाण्डर नै सक्रिय रहेमात्र शान्ति सुरक्षा बहाली हुनेभन्दै छड्के गस्तिभन्दा अन्य गतिविधी आँफैले नयाँ बसपार्क क्षेत्रमा गरेको देखिदैन । हाकिमले गरेको विश्वासको फाइदा उठाउदै सुनुवारको ज्यादती यतिवेला बसपार्क क्षेत्रमा बढेको पाइन्छ । कत्तिसम्म भने केही समयअघि नयाँ वसपार्कको मित्रनगरस्थित होटल विन्दाबासिनिमा प्रहरी हुँ भन्दै र्याक नाम गरेका व्यक्ति हतियारसहित प्रवेश गरेर विभिन्न सामान लुटेको उजुरी महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कमा पर्छ र प्रहरीले उक्त व्यक्तिलाई पक्राउ पनि गर्छ । तर प्रहरी निरिक्षक हरिहर सुनवारले कुनै कारबाही नगरी छोडिदिएका छन् । यस विषयमा प्रहरी निरिक्षक सुनुवारको प्रतिक्रिया लिन खोज्दा उनले बुद्दराज नाम गरेको व्यक्तिलाई पक्राउ गरि साधारण तारेकमा छाडेको स्वीकार गरे । रोमान्स गर्न आएका दम्पती र १५ महिने शिशु पनि रातभर प्रहरी खोरमाहो गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भएका नियन्त्रण प्रहरीले गर्नुपर्छ । र बास बस्ने नाममा व्यवसायिक यौन धन्दा गरे, गराएमा तिनलाई दण्डित गर्नैपर्छ । तर उनले सुरक्षा चेकजाँचको नाममा मानिसलाई यत्तिसम्म दुःख दिने गरेका छन् कि गत असोज १ गते विवाह दर्ताको प्रमाणपत्र देखाउदा पनि गेष्ट हाउनमा अनैतिक क्रियाकलाप गरेको भन्दै एक दम्पतिलाई पनि पक्राउ गरे । यि दम्पती काठमाडौमा नै डेरा गरी बस्ने रहेछन् , एउटा डेरामा परिवारको अन्य सदस्यहरु पनि रहेकोले ग्रेष्टहाउसमा बसेका रहेछन् । आफ्नो विवाह दर्ताको प्रमाणपत्र देखाउदापनि प्रहरीले हिरासतमा राख्नु यो भन्दा क्रुर शैली के हुन सक्छ ? यस विषयमा प्रभागका निरिक्षक सुनुवार संग बुझ्न खोज्दा गेष्ट हाउसमा अनैतिक क्रियाकलाप हुने गरेको सुचनाका आधारमा सोधपुछका लागि दम्पतीलाई नियन्त्रणमा लिएको स्वीकार गरे । अनैतिक क्रियाकलाप गरेकै आरोपमा प्रहरीले १५ महिने शिशु सहितको दम्पतीलाई सहित नियन्त्रणमा लिई छाडेको थियो । हामीले प्रभागका ईन्चार्ज सुनुवारलाई यस विषयमा बुझ्न खोज्दा उनले शिशुलाई हिरासतमा नराखेको तर आमासँगै नियन्त्रणमा राखेको प्रष्टोक्ति दिएका छन ।साथमा शिसु र विवाह दर्ता प्रमाण पत्र देखाउँदा समेत प्रहरी नियन्त्रणमा परिने भएपछि शान्ती सुरक्षाका नाममा प्रहरी आतंक बढेको पिडितहरुले बताउन थालेका छन । २० जना क्षमताको हिरासत कक्षमा दैनिक ५० देखी ६० बन्दीहो नयाँबसपार्क क्षेत्र अपराध र अन्य विविध कारणले असभ्यताले पनि केही हदसम्म परिचित छ । यहाँ प्रहरीले विशेष चनासो नराख्ने हो भने अपराधले प्रश्रय पाउने निश्चित छ । तर शान्तिसुरक्षा बहाली र अधिकार पाएको नाममा निर्दोष नागरिक प्रहरी हिरासतमा पर्नु सान्दर्भिक हुन सक्दैन । नागरिकको व्यापक गुनासोपछि हाम्रो टिम महानगरिय प्रहरी प्रभाग नया बसपार्कको अवस्था बुझ्न गत असोज १ गते साँझ ६ बजेको समयमा पुगेको थियो, अघिल्लो दिन प्रहरी नियन्त्रणमा भएकाहरु छुटेका थिएनन् । हामीले अनौपचारिक रुपमा त्यहीका कनिष्ठ प्रहरी अधिकारीलाई यतिवेलासम्म किन वन्दीहरु नछोडेको भन्दा अहिले यस्तै छ हजुर भन्दै थिए । गल्ति गर्ने त जेल पर्यो ठिकै छ निर्दोष व्यक्तिलाई सोधपुछको नाममा २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्नुलाई कसरी जायज मान्ने ? र एउटा निर्दोष नागरिक प्रहरी हिरासतमा बस्दा उसमा कति हिनताबोध होला ? उता यातायात मजदुर र व्यवसायीको आफ्नै गुनासो छ दशैको समयमा यात्रुलाई कसरी टिकट दिने भनी धौ धौ छ र यात्रु तान्तुपर्ने परिस्थिती नै छैन । तर यात्रु तानेको नाममा व्यवसायी र बजदुरलाई हैरानी दिएको गुनासोपनि उत्तिकै सुनिन्छ ।

अपलाईन न्यूजबाट साभार

   

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १०:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

हेटौंडा । मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच

ताजा समाचार

दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता
 २०७९,जेष्ठ,९,सोमवार १०:१९
के हुँदैछ जनकपुर उपमहानगरको मतगणना ?
 २०७९,जेष्ठ,९,सोमवार १०:१७
जहाँ ओलीको बोली, त्यहाँ एमालेको हार
 २०७९,जेष्ठ,९,सोमवार ०९:५८
मधेसमा ‘नेवार’, नेवाःमा ‘मधेसी’
 २०७९,जेष्ठ,९,सोमवार ०९:४२
थाहा पाउनुहोस् तपाईंको राशिफल
 २०७९,जेष्ठ,९,सोमवार ०८:१५