आकांक्षी धेरै भएपछि दलले छान्न सकेनन् प्रदेश संसदीय दलको नेता

पोखरा, २७ माघ । प्रदेश ४ मा दलहरुले अझै संसदीय दलको नेता चयन गर्न सकेका छैनन् प्रदेश ४ का मुख्य राजनीतिक दल एमाले, काँग्रेस र माओवादी केन्द्रमा आकांक्षी धेरै जना भएपछि संसदीय दलको नेता चयन गर्न नसकेका हुन् । प्रदेश ४ मा एमाले संसदीय दलको नेताका लागि दुई जना वरिष्ठ नेताहरु किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ मुख्य प्रतिस्पर्धामा रहेका छन् संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले पनि एमालेमा संसदीय दलको नेताका लागि चर्को प्रतिस्पर्धा देखिएको छ । किरण गुरुङ प्रदेश–४ का संयोजक हुन् भने पृथ्वीसुब्बा गुरुङ केन्द्रीय सचिव हुन् । प्रदेश ४ मा एमालेका २७ जना सदस्य छन् एमालेले आइतबार प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचनको तयारी गरेको छ यस्तै नेपाली काँग्रेसले पनि संसदीय दलको नेता चयन गरेको छैन । प्रदेश ४ मा काँग्रेसका १५ जना सांसद रहेका छन् । कांग्रेसमा कृष्णचन्द्र नेपाली, मणिभद्र शर्मा र बिन्दु थापा संसदीय दलको नेताको आकांक्षी रहेका छन् माओवादी केन्द्रले पनि अझैसम्म प्रदेश ४ मा दलका नेता चयन गरेको छैन । प्रदेश ४ मा १२ जना सांसद रहेको माओवादी केन्द्रले पनि सहमति नभए निर्वाचनबाट दलको नेता चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?