ओखलढुंगामा स्वाब संकलन गरी कोरोना परिक्षण गर्न पठाईएका एक व्यक्तिको मृत्यु

काठमाडौं । ओखलढुंगामा स्वाब संकलन गरी कोरोना परिक्षण गर्न पठाईएका एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको चिशंखुगढी गाउँपालिका ७ माम्खाका ४२ बर्षिय बिष्णु कार्कीको ह्दयघातका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

भारतबाट एकमहिना अघि मात्र नेपाल आएका उनी होम क्वारेन्टीनमा बस्दै आएको भएपनि बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय रुम्जाटारका अनुसार आरडीटी परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?