१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । उदयपुरमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रौतामाई गाउँपालिका-५ हात्तीपाईले बस्ने ३१ वर्षीय अर्जुन विकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरी आफ्नै घरमा सुतिरहेको अवस्थामा विकले कोठाभित्र पसी जवरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?